काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सञ्चालकबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
त्यसलगत्तै नेप्सेले शुक्रबार नै पन्दाकलाई सीडीएससीबाट फिर्ता हुन पत्र पठाएको थियो। तर, पन्दाकले उक्त पत्र बुझ्न अस्वीकार गरेको नेप्से उच्च स्रोतले जनाएको छ।
नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पन्दाकलाई सीडीएससीको सञ्चालक पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो।
उनलाई फिर्ता बोलाउन सरकारले निर्देशन समेत दिएको थियो, सोहीअनुसार उनलाई फिर्ता बोलाइएको हो।
नेप्सेकी कर्मचारी पन्दाक आठ वर्षदेखि सीडीएससीको सञ्चालक थिइन्। नेप्सेले सञ्चालक पदबाट फिर्ता बोलाएपछि उनको व्यवस्थापन निर्देशक पद पनि रहने छैन। उनी २०८१ पुस दोस्रो साता चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएकी थिइन्।


