२०८३ कार्तिक १२ गते बुधबार

चार अर्बमा महाराजगञ्जमा पाँचतारे होटल बनाउँदै कर्मा हस्पिटालिटी, ‘ले मेरेडियन’ ब्राण्डमा चल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १६
karma_residency-1

काठमाडौँ: नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा कर्मा हस्पिटालिटीले ठूलो लगानी भित्र्याउँदै राजधानीमा पाँचतारे होटल निर्माणलाई गति दिएको छ। यसअघि ठमेलमा पाँचतारे होटल निर्माण गरिरहेको कम्पनीले महाराजगञ्जमा पाँचतारे होटल बनाउने भएको हो। करिब ४ अर्ब रुपैयाँको लागतमा ‘ले मेरिडियन’ ब्रान्डमा सञ्चालन गर्नेगरी कम्पनीले होटल निर्माण गरिरहेको छ।

होटलमा ७३ प्रतिशत बैंकको ऋण र २७ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। प्रस्तावित होटलमा १७० कोठा हुनेछन्। हालसम्म ३२ प्रतिशत लगानी भइसकेको हस्पिटालिटीले जनाएको छ। उक्त रकम जग्गा खरिदमा लगानी भएको हो। प्रस्तावित होटल अझै विकासको प्रारम्भिक चरणमा छ। निर्माण चरण अझै सुरु हुन बाँकी छ।

कर्मा हस्पिटालिटीले २६ वर्षको प्रस्तावित होटल ‘ले मेरिडियन’ ब्रान्ड नाम प्रयोग गर्न लक्जरी म्यानेजमेन्ट होटल्स (बीभीआई) लिमिटेडसँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय चेन भएकाले यसले ठूलो विदेशी ग्राहक आधार बनाउनका साथै बजारीकरणमा सहयोग पुग्ने बताइएको छ।

होटल धेरै विदेशी दूतावासहरू नजिक हुनुका साथै प्रमुख पर्यटन केन्द्रको ठमेलको निकटता र राजधानी शहरको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सात किलोमिटर दुरी भित्र रहेको छ। यसले होटल व्यवसायका लागि ठूलो अवसर हुन सक्छ।

कर्माले होटलसँगै महाराजगञ्जमै रेसिडेन्सियल लक्जरी अपार्टमेन्ट पनि बनाइरहेको छ। हाल उक्त होटल तथा अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ। भारतमा धेरै ओटा मेरियट होलटहरूको डिजाइन र कन्सेप्टमा काम गरिसकेको नायक एण्ड एसोसिएट्सले डिजाइन तयार गरेको हो।

प्रस्तावित मेरिडियन होटलमा १ सय ७० रुम, एउटा क्यासिनो,बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हल हुनेछ। कर्मा हस्पिटालिटी २०२४ मा स्थापित भएको हो। कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ। कर्मा तेन्जिङ एकमात्र प्रवर्द्धक तथा कम्पनीका अध्यक्ष हुन्।

कम्पनीले कुल १६३ लक्जरी अपार्टमेन्ट बनाउने लक्ष्य लिएको छ। यसमध्ये पहिलो चरणमा ५६ युनिटको सेवायुक्त अपार्टमेन्ट परियोजना विकास गरिरहेको छ।रेसिडेन्समा तीनवटा हाइराइज बिल्डङ हुने भएका छन्। २.५ र ३.५ बीएचके अपार्टमेन्ट बनिरहेका छन्।

कर्मा समूहको रियल इस्टेट, शिक्षा र आतिथ्य क्षेत्रमा लगानी रहेको छ।

कर्माले यसअघि राजधानीको ठमेलमा रहेको होटल वैशालीलाई खरिद गरी पाँच तारे बनाउने कार्य सुरु गरिसकेको छ। प्रस्तावित पाँचतारे होटल बनाउन दुई अर्ब ६७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आगामी २०२८ सम्ममा पूर्णरूपमा व्यावसायिक सञ्चालन गर्ने योजना बनाएको छ।

कम्पनीले ठमेलमा अवस्थित होटल वैशालीको अवस्थित सम्पत्तिलाई ‘फोर पोइन्ट्स बाइ शेराटान’ ब्रान्डअन्तर्गत पाँचतारे होटलमा अधिग्रहण र पुनर्निर्माण गर्ने योजना बनाएको हो। प्रस्तावित होटलमा १०८ वटा कोठा हुने बाताइएको छ।

प्रकाशित: २०८३ बैशाख १६ गते बुधबार ०७:५७
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना