२०८३ कार्तिक २२ गते शनिवार

अनुमति बाहिर गएको आशंका एभरेस्ट बेसक्याम्पमा ड्रोन उडान स्थगित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १९
dron_news

काठमाडौं। गृह मन्त्रालयले एभरेस्ट बेस क्याम्पमा एयर लिफ्ट टेक्नोलोजी कम्पनीको ड्रोन उडान अनुमति रोकेको छ।

गत बिहीबार मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाईलाई पत्र लेख्दै एयर लिफ्ट कम्पनीको फ्रि–फ्लाई अल्ट्रा एक्स जेन–२ क्याटागोरी ‘सी’ मोडलको ड्रोन उडान अनुमति रोक्न निर्देशन दिएको हो।

मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ का व्यवस्थाहरु तथा सुरक्षा संवेदनशीलता सम्वन्धमा अन्य सरोकारवाला निकायसँग बुझ्नुपर्ने कारण देखाउँदै मन्त्रालयले हाललाई उडान अनुमति प्रदान गर्न नसकिने जानकारी दिएको थियो।

पत्रमा भनिएको छ,‘एयर लिफ्ट कम्पनीको फ्रि–फ्लाई अल्ट्रा एक्स जेन–२ क्याटागोरी ‘सी’ मोडलको ड्रोनको उडान अनुमतिका लागि माग निवेदन पेश गरेको सन्दर्भमा मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ का व्यवस्थाहरु तथा सुरक्षा संवेदनशीलता सम्वन्धमा अन्य सरोकारवाला निकायसँग बुझ्नुपर्ने भएको हुँदा हाललाई उडान अनुमति प्रदान गर्न नसकिने सचिवस्तर निर्णय भएको छ।’

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले अनुमति प्राप्त दायराभन्दा बाहिर गएर गतिविधि भएको भन्ने सूचना प्राप्त भएपछि अनुमति रोक्ने निर्णय गरिएको बताए।

उनका अनुसार उक्त सूचना पुष्टि नभएसम्म उडान रोक्ने र यदि सूचना गलत ठहरिए पुनः अनुमति दिन सकिनेछ।

यता एयर लिफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजविक्रम महर्जनले भने मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाउँदै कम्पनीले अनुमति बाहिर कुनै गतिविधि नगरेको दाबी गरे।

उनका अनुसार कम्पनीले हिमाल क्षेत्रमा सरसफाइ गर्ने, आरोहीको सुरक्षामा सहयोग गर्ने, अक्सिजन वा अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने तथा फोहोर व्यवस्थापन गर्ने उद्देश्यले ड्रोन प्रयोग गर्दै आएको छ।

उनले भने,‘गृहले किन यस्तो निर्णय लियो अचम्ममा परेको छौं। हामी हिमाल सफा गर्न, आरोहीहरुको ज्यान बचाउन गएका हौं तर किन ड्रोन उडान रोकेको हो थाहा भएन। हामीले यस्तो काम गरेको पहिलो पटक पनि होइन्, तेस्रो पटक हो। यसवर्ष आइसफलको रुट पनि खोल्न ढिलो भइसकेको छ। बल्लतल्ल रुट खोलेको बेला अक्सिजन पुर्याउने र फोहोर लिएर आउने भनेर त्यहाँ गएका हौं। अब झनै ढिला भयो। अनुमति भन्दा बाहिर गएर केही काम गरेका छैनौं। हामीसँग ठूलो ड्रोन हुन्छ, अनुमति बिना उडाउन कुनै सम्भव नै छैन्। जहाँ– जहाँ ड्रोन उडाएको छौं सबै अनुमति लिएर नै काम गरिरहेका छौं।’

उनले यस निर्णयले कम्पनी मात्र नभई समग्र पर्यटन क्षेत्रमा असर पर्ने उल्लेख गर्दै आइसफल क्षेत्रमा रुट खुल्न ढिलाइ भइसकेको अवस्थामा थप समस्या उत्पन्न हुने बताए।

साथै, यस वर्ष कम्पनीले १० हजार किलो फोहोर व्यवस्थापन गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले उक्त लक्ष्य समेत प्रभावित हुने गुनासो गरे।

‘म्यापिङ र डेलिभरी हाम्रो मुख्य काम हो। हामी त उल्टै यसलाई नियमन गर्नुपर्छ भनिरहेका छौं। कानुनलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा थियौं।

यसरी अनुमति रोक्दा कम्पनीका लागि भन्दा पनि सिंगो देशको पर्यटन क्षेत्रको ठूलो क्षति हुनेछ। बाटो खोल्न ढिला त भइसक्यो। त्यसैले १० हजार केजी फोहोर ल्याउने, हिमाल सफा गर्ने लक्ष्य थियो, अब त्यो पूरा हुन सक्दैन्।’

प्रकाशित: २०८३ बैशाख १९ गते शनिवार ०३:२४
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना