२०८३ कार्तिक २३ गते आईतबार

प्राकृतिक विपदबाट कर्णालीमा तीन अर्बौको क्षति, २७७ ले गुमाए ज्यान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २०
disaster

सुर्खेत। प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा प्रभावित पार्दै आएको छ। बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागीजस्ता विपद्का कारण यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ।

मनसुन सुरु भएसँगै नदी–खोलाहरू उर्लिने, पहाड चिरिने र बस्तीहरू जोखिममा पर्ने क्रम दोहोरिँदै आएको छ। हरेक वर्ष विपद्का घटनाले केही समय चर्चा पाए पनि दीर्घकालीन समाधान भने अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार कर्णालीमा विपद्का कारण २७७ जनाले ज्यान गुमाएका छन् भने ८३३ जना घाइते भएका छन्। चार जना अझै बेपत्ता छन्।

सबैभन्दा बढी क्षति भूकम्पबाट भएको देखिन्छ, जसमा १५४ जनाको मृत्यु भएको छ। विशेषगरी २०८० सालको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुर्याएको थियो।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै जाजरकोटमा ११८ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ७० जना, दैलेखमा १५, डोल्पामा १४, कालीकोट र मुगुमा १३–१३, सल्यानमा ११ र सुर्खेतमा ११ जनाको ज्यान गएको छ। हुम्लामा सबैभन्दा कम ४ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।

विपद्का कारण कर्णालीले ठूलो आर्थिक नोक्सानी पनि बेहोर्दै आएको छ। पछिल्लो तीन वर्षमा मात्रै झण्डै तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा मात्र दुई अर्ब ७८ करोड रुपैयाँभन्दा बढी क्षति भएको थियो, जुन भूकम्पका कारण भएको हो। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ मा सात करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड १० लाख रुपैयाँ बराबरको नोक्सानी भइसकेको छ।

यस अवधिमा ६४ हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ भने ६८ हजार ४६८ जना विस्थापित भएका छन्। साथै १३ सय ६६ पशुचौपाया पनि विपद्मा परी मरेका छन्। बाढी, पहिरो, नदी कटान, डुबान, चट्याङ र आगलागीजस्ता घटनाले कर्णालीका बासिन्दालाई निरन्तर त्रासमा राख्दै आएको छ।

१२ वर्षदेखि त्रिपालमुनी जीवन

२०७१ सालमा आएको भीषण बाढीले सुर्खेतका ९ सयभन्दा बढी परिवार विस्थापित भएका थिए। तत्काल राहत वितरण गरिए पनि दीर्घकालीन पुनस्र्थापना अझै हुन सकेको छैन। मसिना, गिरीघाट र तिखाकुनालगायतका स्थानमा ती परिवारहरू अझै अस्थायी शिविरमै बसिरहेका छन्।

स्थानीय रगुबिर नेपालीका अनुसार १२ वर्ष बितिसक्दा पनि स्थायी बसोबासको टुंगो लागेको छैन। “१२ वर्षमा त खोला पनि फर्किन्छ भन्थे, तर हाम्रो जीवन अझै उस्तै छ,” उनले गुनासो गरे। चुनावका बेला मात्र नेताहरू आउने र पछि बेवास्ता गर्ने प्रवृत्तिले समस्या झन् जटिल बनेको उनीहरूको भनाइ छ।

बस्तीमा खानेपानी, शिक्षा र रोजगारीको अभाव छ। अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् भने गाउँमा महिला, बालबालिका र वृद्ध मात्र बाँकी छन्। दैनिक जीविकोपार्जनका लागि मजदुरी, दाउरा बिक्री र गिट्टी कुट्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।

यता, प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना बनाउने तयारी गरिरहेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत विपद् व्यवस्थापनका कामहरू अगाडि बढाइने र केन्द्रको पूर्वानुमानपछि विस्तृत योजना ल्याइने बताइएको छ। तर विगतका अनुभवले देखाउँछ योजना बन्ने र कार्यान्वयनमा ढिलाइ हुने चक्र अझै तोडिएको छैन।

प्रकाशित: २०८३ बैशाख २० गते आईतबार ०९:३०
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना