२०८३ कार्तिक १३ गते बिहिबार

दुई दिने सार्वजनिक बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २१
pokhara 1

पाेखरा: सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ।

दुई दिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। पोखरामा विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप पर्यटकहरू बढिरहेको उनले बताए।

‘सामान्यतः दुईदिने बिदाका कारण आन्तरिक पर्यटकहरू दुई दिन पोखरामा बिताएर फर्कने गरेका छन्,’ उनले भने, ‘यसले समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुर्‍याएको छ।’

पोखरा आउने पर्यटकहरू पोखराको फेवातालसहित लेखनाथ क्षेत्रका तालहरूमा घुमफिर, जलविहार गर्नाका साथै साहसिक पर्यटनका गतविधिहरू प्याराग्लाइडिङ, बञ्जीजम्प, जिपलाइन आदिमा रमाउने गरेका छन्।

पोखरामा रहेका धार्मिक पर्यटकीय तीर्थस्थलहरू विन्ध्यवासिनी, तालबाराही, पुम्दीकोट, गुप्तेश्वर महादेव गुफा, विश्व शान्ति स्तूप आदिमा पुग्ने गरेका छन् भने अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्ने गरेका छन्।

आन्तरिक पर्यटन बढाउनका लागि सङ्घले यसअघि पटकपटक दुईदिने बिदाको विषय समेत उठाएको बताउँदै उनले यसले पोखराको मात्र नभई समग्र देशको पर्यटनमा टेवा पुगेको धारणा राखे।

पोखराको पर्यटनमा विशेषगरी फागुन, चैत र वैशाख तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिएको छ । वर्तमानमा होटेलहरूको क्षमताको करिब ६० प्रतिशत भरिभराउ भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए।

पोखराको समग्र पर्यटनमा भएको आठ खर्ब लगानीमध्ये छ खर्ब लगानी यहाँका होटेलमा रहेको उनले जानकारी दिए । उनका अनुसार करिब एक हजार २०० को सङ्ख्यामा होटेलहरू रहेको पोखराले दिनमा ४० हजार जनासम्म पर्यटक राख्न सक्छ।

प्रकाशित: २०८३ बैशाख २१ गते सोमबार ०४:१९
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना