२०८३ कार्तिक १३ गते बिहिबार

पहिलो खेलमा नेपाल ८ विकेटले पराजित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
nepvs zimbabe

काठमाडौँ- जिम्बावेमा आइतबार सुरु भएको आईसीसी विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ८ विकेटको हार व्यहोरेको छ। हरारेको हरारे क्रिकेट क्लबको मैदानमा नेपालले आयोजक टिमलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा जिम्बावेले ५ ओभर ५ बल बाँकी रहँदै २ विकेट गुमाएर १९१ रनको लक्ष्य पूरा गरेपछि नेपाल पहिलो खेलमै पराजित भएको हो।

नेपालविरुद्ध जिम्बावेका सबै ब्याट्सम्याले राम्रो प्रदर्शन गरे। कप्तान क्रइक इर्भिनले शतक बनाए। उनले १२१ रनको शतकीय पारी खेले। चौथो नम्बरमा ब्याटिङमा आएका सिन विलियम्सले पनि १०२ रनको योगदान दिए। त्यस्तै, ओपनर जयलर्ड गुम्बीले २५ रनको योगदान दिए। तेस्रो नम्बरमा मैदान पसेका वाइजले मधिविराले पनि ३२ रन बनाएका थिए। नेपालका सोमपाल कामीले एक विलकेट गिराए भने गुल्सन झाले पनि एक विकेट लिए।

पहिलो पारीमा नेपालले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २९० रन बनाएपछि जिम्बावेले २९१ रनको लक्ष्य पाएको थियो। खेलमा नेपालले कीर्तिमानी ओपनिङ साझेदारी गरेको थियो। ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले १७१ रनको साझेदारी गरेका थिए। त्यसक्रममा कुशल ९५ बल खेल्दै ९९ रन बनाएर आउट भए। ६३ बलमा ५० रन पुरा गरेका कुशलले दुई छक्काका साथ १५ बाउन्ड्री प्रहार गरेका थिए। कुशल टेस्ट राष्ट्रविरुद्ध अर्धसतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। तर उनी शतक बनाउनबाट एक रनले चुके।

कुशल आउट भएपछि मैदानमा अर्का ओपनर आशिफ लाई साथ दिन कुशल मल्ल आएका थिए। त्यसपछि आशिफ मैदानमा धेरै समय टिक्न सकेनन्। आशिफले सय बल खेल्दासम्ममा सात चौका प्रहार गरिसकेको थिए। अर्धसकत बनाएका आशिफ ६६ रन बनाए पेवेलियन फर्किएका थिए।

नेपालविरुद्ध वेलिङटन मसाकादला घातक बलर सावित भएका छन्। उनले खेलमा सबैभन्दा इकोनोमी बलिङ गरे भने दुई विकेट पनि लिए। उनले दुवै ओपनरलाई पेबेलियन पठाएका थिए।

तेस्रो नम्बरमा मैदान पसेका कुशल मल्लले पनि राम्रो पारी खेले। आशिफ आउट भएपछि चौथो नम्बरमा मैदान पसेका रोहितले कुशल मल्लसँग ७२ रनको साझेदारी गरेर बाहिरिए। रोहित ४४ औं ओभरको पहिलो बलमा २९ बल खेल्दै ३१ रन बनाएर आउट भए।

यता कुशलले पनि राम्रो प्रदर्शन गरेका छन्। तेन्दी चताराको हातबाट आउट हुनुअघि ४२ बल खेल्दै पाँच चौका प्रहार गरेका मल्लले ४१ रन बनाएका थिए।

कप्तान रोहितलाई पेवेलियन फर्काएका रिचार्ड एनगारावाले आरिफ शेखलाई पनि धेरै समय मैदानमा टिक्न दिएनन्। एनगारावाले आरिफशलाई विकेटकिपर मान्दान्देको हातबाट क्याचआउट गराइहाले। त्यतिबेलासम्म आरिफले १० रन मात्र जोडेका थिए। खेलमा बाउन्ड्रि प्रहार नगरी आउट हुने पहिलो खेलाडीमा आरिफ रहे।

एनगारावा त्यतिमा मात्र रोकिएनन। उनले लगातार विकेट लिइरहे। खेलको ४९ औं ओभरमा उनले लगातार दुई विकेट लिए। त्यतिबेल नेपालका गुल्सन झा र भीम सार्की आउट भएका थिए। झा १३ रन बनाएर आउट भए। अन्तिममा दिपेन्द्र सिंह ऐरी सात रन बनाएर डगआउट फर्किएका थिए। उनी मुजाराबानीकाे शिकार भएका थिए।

खेलको अन्तिममा सोमपाल कामी र करण केसी बाँकी रहे। केसीले २ रन बनाउँदा कामीले रन जाेड्नै पाएनन्। ग्लोबल छनोटमाको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो।

प्रकाशित: २०८० असार ३ गते आईतबार ०८:४८
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना