२०८३ कार्तिक १५ गते शनिवार

घोराही सिमेन्टको आइपीओ स्थगित, के हुन्छ आवेदन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
sebon
धितोपत्र बोर्ड नेपाल।

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओको सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। बोर्डले सूचना जारी गर्दै प्राथमिक सेयर निष्काशन गर्ने सम्पूर्ण प्रक्रिया रोक्नका लागि निर्देशन दिएको हो।

‘लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

बोर्डले यस विषयमा थप अध्ययन गर्ने जानकारी दिएको छ। ‘हामी एकदुई दिन अध्ययन गर्छौँ,’ बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘अध्ययनपछि आवेदनवापत लिइएको रकम फिर्ता गर्ने सम्बन्धमा छलफल हुन्छ।’

गत जेठ ३२ गते घोराही सिमेन्टले प्रिमियममा जारी भएको आइपीओमा ८५ लाख कित्ता आवेदन रद्द भएपछि सीडीएसीले चेतावनीपूर्ण सूचना जारी गरेको थियो। खातामा पर्याप्त पैसा नभई १० कित्ताको एक हजार लाग्ने ठानेर आवेदन दिनेका कारण भएको शंका गर्दै सीडीएससी सूचना जारी गरेको हो। प्रतिकित्ता ४३५ रुपैयाँ मूल्य तोकिएको भएपनि अधिकांशले १०० रुपैयाँ प्रतिकित्ताका आधारमा आवेदन दिएका थिए।

यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, यथोचित संख्यामा आवेदन प्राप्त भए पनि आवेदन प्रमाणित हुने प्रक्रियामा रहेकोले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरिएको सूचना कम्पनीले जारी गरेको थियो।

घोराहीले सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयरका लागि हालसम्म ५ लाख २८ हजार १६६ जनाले २ करोड ४० लाख ५७ हजार १३० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा बढी हो।

कम्पनीले यतिधेरै आवेदन पर्दा पनि झुटो विवरणका कारण बिक्री अवधि थपिएको छ। धितोपत्र ऐनको दफा ९८ मा जालसाजीयुक्त कुनै क्रियाकलाप गर्नेलाई १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिमाना र दुई वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ। यस्तो कारोबारबाट कसैलाई हानीनोक्सानी भएको छ भने सो समेत क्षतिपूर्ति भराइदिनुपर्ने कानुनमा छ।

No description available.

प्रकाशित: २०८० असार ४ गते सोमबार ०४:०५
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना