२०८३ असोज १८ गते आईतबार

सहकारीका साना बचतकर्तालाई १८० करोड रकम करतादाको पैसाबाट बाँड्न लागिएको हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ८
Sahakari protest.-1078

काठमाडौँ: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता थालनी गरेको छ। गत जेठ सोमबार कान्तिपुर सहकारी,  शिव शिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका ३७८ तथा बिहीबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका  ३०४ साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

बचतकर्ताको रकम फिर्ता गर्न सुरु भएपछि करदाताको रकमबाट पैसा बाँडिएको भन्दै सरकारको आलोचना पनि भैरहेको छ। शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे अर्थमन्त्रीसँग गरेको छलफलमा त्यसबारे अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रष्ट्याएका छन्।

उनले सहकारी संकटमा परेका साना बचतकर्तालाई रकम फिर्ता गर्ने विषय करदाताको पैसा बाँड्ने योजना नभई चक्रीय कोषमार्फत अस्थायी सहजीकरण भएको दाबी गरे।

‘अहिले समस्या के हो भने घरजग्गा बिकिराखेको छैन, अर्थतन्त्रमा मन्दी छ। नेपाल सरकारको त आयु त लामो हुन्छ, त्यसैले के गर्ने सोच हो भने अहिले सहकारीका सम्पत्ति ‘इलिक्कि्विड’ छन्, तरल छैनन्। तुरुन्तै आजको भोलि नै बेचबिखन गर्न सकिएन। सरकारले त चाहेको बेलामा जहिले पनि नगद प्रवाह गर्न सक्छ। त्यसैले अहिले यो सहजीकरण मात्र गरिदिएको हो,’ उनले भने।

करदाताको पैसा बाँडिएको भन्ने आरोप उनले अस्वीकार गरे।

उनले भने–

करदाताको पैसा बाँडिएको होइन। चक्रीय कोष बनाइन्छ। १ लाखभन्दा मुनिका बचतकर्ताहरूलाई रकम दिने भनेर अनुमान गर्दा अर्थ मन्त्रालयले मभन्दा अगाडि रामेश्वर खनालजी अर्थमन्त्री हुँदा नै १८० करोड बराबरको दायित्व देखिने देखिएको थियो।

अहिले हामीले त्यो कुरा गर्दागर्दै त्यो दायित्व घटेर १३० करोडमा खसेको रहेछ। कारण ५० करोड जति त यो सम्पत्तिबाट नै उठ्ने देखिएको थियो। हामीले संवाद गर्दागर्दै त्यो घट्दै आएको छ र त्यो घट्दै जान्छ। सहकारीले यति धेरै सम्पत्तिमा लगानी गरेका छन् – जग्गामा, र जसले ऋण गरेका छन्, ऋण लिएकाहरूबाट पैसा असुली गरिदियो भने बचतकर्तालाई धान्न सकिने भन्ने आकलन छ।

तर अहिले समस्या के हो भने घरजग्गा बिकिराखेको छैन, अर्थतन्त्रमा त मन्दी छ। त्यसैले नेपाल सरकारले चाहिँ, नेपाल सरकारको त आयु त लामो हुन्छ, त्यसैले के गर्ने सोच हो भने अहिले सहकारीका सम्पत्ति ‘इलिक्कि्विड’ छन्, तरल छैनन्। तुरुन्तै आजको भोलि नै बेचबिखन गर्न सकिएन। सरकारले त चाहेको बेलामा जहिले पनि नगद प्रवाह गर्न सक्छ। त्यसैले अहिले यो सहजीकरण मात्र गरिदिएको हो।

एक रुपैयाँ पनि करदाताको पैसा बचतकर्तामा नजाओस् भन्ने नै छ। तर यो २-३ वर्षमा हामीले यो ‘मिसम्याच’ हुन्छ नि, सहकारीबाट पनि रकम असुल्ने र यता सरकारले सहजीकरण पनि गरिदिँदा खेरि चाहिँ बजार पनि अलिकति चलायमान हुन्छ कि भनेर हामीले गरेका हौँ।

अब सबै कुरा अहिले सम्बोधन गर्न सकिँदैन, बजेटमा कुर्नुहोला। मैले यिनै कुराहरू राखेँ। अर्थतन्त्रको आकार ठूलो बनाउने तर्फ हाम्रो अहिले लक्ष्य छ। त्यो भयो भने बजेटको आकार पनि ठूलो हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ र हाम्रा धेरै चाहनाहरू चाहिँ अर्थतन्त्र गतिशील हुँदाखेरि सम्बोधन हुने भएको भएर सबैको ध्यान चाहिँ लगानीमैत्री, उद्यममैत्री, निजी क्षेत्रमैत्री र सरकार चाहिँ त्यो सबैको सहजीकरण गर्ने एउटा शक्तिशाली इकाइको रूपमा अगाडि जाओस् भन्ने मान्यताले हामीले यसपालिको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र आगामी बजेट पनि त्यतातिर सोझिएको छ।

प्रकाशित: २०८३ जेठ ८ गते शुक्रबार ०२:१२
प्रतिक्रिया

थप समाचार

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

काठमाडौँ: सरकारले पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि असोज १५ गतेसम्मका विजेता घोषणा गरेको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १०...

सेप्टेम्बरमा भित्रिए ८८ हजारभन्दा बढी विदेशी पर्यटक, चिनियाँ ११४ प्रतिशतले वृद्धि

काठमाडौँ: सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा हवाई मार्ग हुँदै कुल ८८ हजार...

चीनसँग जोड्ने तीन नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

काठमाडौँ: गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकामा पर्ने नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त हुँदा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। दुवै मुलुकतर्फको...

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँः एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्। कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान ८ः४५ बजे काठमाडौं फर्किएका...

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

काठमाडौँः नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ । १० सातासम्म प्रसारण हुने...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना