काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको ‘संसारपारिको संसार’ कथासङ्ग्रह आगामी शुक्रबार सार्वजनिक हुन लागेको हो।
फिनिक्स बुक्सले बजारमा ल्याउन लागेको कथासङ्ग्रह कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक हुनेछ। दिउँसो १ बजेदेखि लेखक स्वयंको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसमेत रहनेछ।
पाण्डे प्रसिद्ध पुस्तकहरु ‘कूटनीति र राजनीति’ र ‘क्रान्ति र प्रतिक्रान्ति’का लेखक हुन्।
पछिल्लो समय युवापुस्तामा बढ्दै गएको निराशा र चिन्ताका विषयवस्तुमा केन्द्रित कथाहरू सङ्ग्रहमा रहेका छन्। नेपालमा जे छ त्यो संसारमा कतै नभएको, विदेशीहरू यहाँबाट ज्ञान र अवसर लिन लालायित हुने गरेकोमा कलेजबाट निस्किने वेलामा कुण्ठा र निराशाले नेपाली युवाहरू भने यहाँको वास्तविक मूल्य नबुझेर बाहिर जान खोज्ने गरेको विषय कथाहरूमा उठाएको लेखक पाण्डे बताउँछन्।
विभिन्न कालखण्डका कथाहरू समावेश यस सङ्ग्रहको मूल्य ६०० रुपैयाँ रहेको छ।
