२०८३ असोज ४ गते आईतबार

पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र आचार्यलाई गौरव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
Untitled-1

काठमाडौँ: २०८२ मा प्रकाशित पुस्तकहरूबाट यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई दिने निर्णय भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कवि, गीतकार तथा उपन्यासकार मुकारुङको ‘सलह’ उपन्यासलाई पुरस्कार दिने निर्णय गरेको हो।

पुरस्कारका लागि प्राप्त १२२ पुस्तकमध्ये विस्तारित सूचीमा १५ र संक्षिप्त सूचीमा ५ कृति छनोट गरिएको थियो। मूल्यांकन समितिले ती कृतिमध्ये मुकारुङको ‘सलह’लाई चयन गरेको प्रतिष्ठानले जनाएको छ।

‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। काव्यात्मक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई उपन्यासका प्रमुख विशेषताका रूपमा उल्लेख गरिएको छ।

त्यस्तै, पद्मश्री साधना सम्मान–२०८२ नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई प्रदान गर्ने निर्णय भएको छ। शरणार्थी, राधा, आधा बाटो लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक धरावासीले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई प्रस्तुत गर्दै आएका छन्।

यसैगरी, पद्मश्री गौरव पुरस्कार–२०८२ प्राडा जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ। नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

उनका ‘युद्धमा बनाला जीवनी’, ‘विचार’, ‘मानुभक्त आचार्यको समयमा नेपाली र अंग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीति’ लगायतका कृति प्रकाशित छन्। संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधिका रूपमा समेत काम गरेका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भमा जोड्न योगदान दिएको प्रतिष्ठानले जनाएको छ।

तीनवटै पुरस्कार एवं सम्मानको राशि जनही ३ लाख रुपैयाँ रहेको छ।

प्रकाशित: २०८३ असोज १ गते बिहिबार ११:२५
प्रतिक्रिया

थप समाचार

‘कथा डबली’ को पहिलो सिरिजमा इन्द्रजात्राको मिथक

काठमाडौँ: सहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष शृंखला ‘कथा डबली’ सुरुवात गर्ने भएको छ। ‘कथा डबली–१’...

यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई, खरेललाई जगदम्बा सम्मान

काठमाडौँ: मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको गुठीको साधारण सभा बैठकले २०८२ मा प्रकाशित पुस्तकहरूबाट 'नेवार समुदायका परम्परागत...

विवेक ‌ओझाको कथा सङ्ग्रह ‘मौन कोलाहल’ सार्वजनिक

काठमाडौँ: मदन पुरस्कार विजेता लेखक विवेक ओझाको पहिलो कथा-सङ्ग्रह ‘मौन कोलाहल’ बजारमा आएको छ। शनिबार मण्डला नाटकघरमा आख्यानकार नयनराज पाण्डे, अभिनेता दयाहाङ राई र अनुवादक सगुना शाहले संयुक्त...

‘तेजस्’: बौद्ध भिक्षु देशनिकालादेखि काठमाडौँको रूपान्तरणसम्म

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक...

पत्रकार दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक

काठमाडाैं । पत्रकार  दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पूर्वउपसभामुख इन्दिरा राना मगरलगायतले पुस्तक बिमोचन गरेका हुन्। यो बन्जाराको...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
nepse
आर्थिक नीति

सेयर बजार सुदृढीकरण तथा पुनरूत्थानमा २१ बुँदै कार्ययोजना, लाभकर अधिकतम ५ प्रतिशत

अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गरेको हो। यसअघि १० प्रतिशतसम्म थियो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना