काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ।
विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको नतिजा सार्वजनिक गरेको हो।
विभागले हरेक १५/१५ दिनमा यो उपहार घोषणा गर्दै आएको छ।
कारोबार पारदर्शी बनाउन, कर छली नियन्त्रण गर्न र उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित यो उपहारमा भदौ महिनामा किनमेल गरेर बिल लिने दुई जनाले १०–१० लाख र अन्य ३१ जनाले १ लाख रुपैयाँ जितेका छन्।
विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको र सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका २ ग्राहकले १० लाख उपहार जितेका छन्। १० लाख जित्ने विजेता कुपन ०३६ ४४७ ८५२ ३७८ र ०४८ ९१५ ६१८ २११ रहेका छन्। एक विजेताको नाम थर अँग्रेजी अक्षर ‘बी’ बाट सुरु हुने र अर्कोको मोबाइल सिमको अन्तिम दुई नम्बर ४२ रहेको छ।
यी हुन् १ लाख जित्ने ३१ जना

