२०८३ कार्तिक १८ गते मङ्गलबार

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
photo1_ab517523

आगामी २५ वर्षमा नेपाललाई कुन आर्थिक तथा विकासको अवस्थामा पुर्‍याउने भन्ने दीर्घकालीन लक्ष्यसहित राष्ट्रिय योजना आयोगले ‘नेपाल डेभलपमेन्ट भिजन’ निर्माणको तयारी अघि बढाएको छ। आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले यसका लागि सरकार, निजी क्षेत्र र विज्ञहरूबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताएका छन्। उनले मुलुकको समग्र विकासका लागि सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धी नभई परिपूरक हुनुपर्नेमा जोड दिएका छन्।

मंगलबार काठमाडौँमा आयोजित ‘योजनादेखि समृद्धिसम्म : संघीय नेपालमा सार्वजनिक लगानी व्यवस्थापनको सुदृढीकरण’ कार्यक्रममा बोल्दै उनले राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षमा नेपाललाई कुन अवस्थामा पुर्‍याउने भन्ने लक्ष्यसहित ‘नेपाल डेभलपमेन्ट भिजन’ निर्माणको अभ्यास अघि बढाइरहेको जानकारी दिए। उक्त प्रक्रियामा निजी क्षेत्र र विज्ञहरूको महत्वपूर्ण सहभागिता तथा समन्वय आवश्यक रहेको उनले बताए।

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता र समन्वयात्मक भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु।’

भट्टले मुलुकको विकासका लागि सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुनुपर्ने बताए। उनले विकासका सम्भावना भएका क्षेत्रको पहिचान गरी निजी क्षेत्रको लगानीलाई केन्द्रित गर्नुपर्ने बताए।

उनले विगतमा विकास क्षेत्रका रूपमा पहिचान गरिएका स्थानमा आर्थिक गतिविधि विस्तार भएको उल्लेख गर्दै निजी क्षेत्रको लगानी र सरकारी लगानीलाई एकअर्काको सहयोगीका रूपमा अघि बढाउनुपर्ने बताए।

धनगढी विमानस्थलको उदाहरण दिँदै उनले निजी क्षेत्रको सहयोगमा विमानस्थल स्तरोन्नति तथा रातिको समयमा समेत विमान सञ्चालन गर्न सकिएको बताए।

उनले भने, ‘त्यो धनगढी विमानस्थललाई अपग्रेड गर्ने काममा प्राइभेट सेक्टरको साह्रै ठूलो भूमिका छ। प्राइभेट सेक्टरले चन्दा उठाएर धनगढी विमानस्थल अपग्रेड गर्यो। सरकारले केही सहयोग गर्‍यो र त्यो राति विमान चल्ने बनाउनमा निजी क्षेत्रको ठूलो भूमिका छ। त्यसैले निजी क्षेत्रको लगानी र सरकारको लगानी कम्पिटिटिभभन्दा पनि कम्प्लिमेन्ट्री हिसाबबाट जानुपर्ने मैले देखेको छु।’

भट्टले नेपालको विकास निश्चित क्षेत्र र स्थानमा मात्रै केन्द्रित हुँदै गएको भन्दै त्यसलाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औँल्याए। एउटै नदीमा धेरै जलविद्युत् आयोजना निर्माण हुँदा प्राकृतिक विपद्का समयमा ठूलो क्षति हुन सक्ने उनको भनाइ थियो।

भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा भएको क्षतिको उदाहरण दिँदै उनले विकासका परियोजना निर्माण गर्दा वातावरणीय जोखिम र विपद्को सम्भावनालाई समेत ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘पछिल्लो भोटेकोशी बाढी आयो, त्यसले सबैभन्दा बढी हाइड्रोपावरमा क्षति देखिएको छ। एउटै नदीमा १३-१४ वटा हाइड्रोपावर हुँदा कुनै विपद् आउँदा क्षति अचम्मको हुँदो रहेछ भन्ने देखिन्छ।’

सार्वजनिक लगानी गर्दा आर्थिक तथा सामाजिक प्रतिफलसँगै लगानीको प्रभावकारितालाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए। सरकारले बजार असफल भएको अवस्थामा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्दै उनले सार्वजनिक लगानीको वितरण र उपयोग प्रभावकारी हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘स्रोत बाँडफाँड दक्षता सुनिश्चित गर्नुपर्‍यो, वितरणात्मक दक्षता सुनिश्चित गर्नुपर्‍यो र हाम्रो त्यसलाई कसरी प्रोडक्टिभ बनाउन सक्छौँ भन्ने हो।’

भट्टले सार्वजनिक लगानीको दुरुपयोग र प्रतिफलविहीन परियोजनाका अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै लगानी लक्षित वर्ग र समुदायसम्म पुग्नुपर्ने बताए। अमेरिकामा सीमित नागरिकका लागि पुल निर्माण गर्ने तथा मोन्टेनेग्रोमा प्रतिफलविहीन सडक निर्माण गरिएको उदाहरण दिँदै उनले विकासका नाममा गरिने लगानीको औचित्य पुष्टि हुनुपर्ने धारणा राखे।

उनले आगामी दिनमा सार्वजनिक तथा निजी क्षेत्रको लगानीका लागि भूराजनीतिक अनिश्चितता, जलवायु परिवर्तनबाट सिर्जित विपद् र कृत्रिम बुद्धिमत्ताको तीव्र विकास तीन प्रमुख चुनौतीका रूपमा रहेको बताए।

पेट्रोलियम पदार्थको मूल्यमा अप्रत्याशित वृद्धि हुँदा विकास आयोजनाको लागत र वार्षिक योजना प्रभावित हुन सक्ने भन्दै उनले ऊर्जा तथा खाद्य सुरक्षालाई समेत लगानी योजनामा समेट्नुपर्ने बताए।

उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्सको जुन अनस्टपेबल इमर्जेन्स भइरहेको छ, त्यसलाई हामी स्टप त गर्न सक्दैनौँ र त्योबाट अधिकतम कसरी लाभ लिने? र त्यो लाभ लिनमा पनि सरकार र निजी क्षेत्रको सामूहिक प्रयास हुनुपर्ने मैले देखेको छु।’

नेपालभित्रै प्रदेशहरूबीच रहेको आर्थिक असमानता कम गर्नु अर्को महत्वपूर्ण चुनौती रहेको उनको भनाइ थियो। बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन करिब दुई हजार ६०० अमेरिकी डलर रहेको र पछाडि परेका तीन प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजारदेखि एक हजार १०० डलरको हाराहारीमा रहेको उनले उल्लेख गरे।

क्षेत्रीय आर्थिक असमानता कम गर्न निजी क्षेत्रले पछाडि परेका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्ता क्षेत्रका सम्भावना उजागर गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

उनले भने, ‘कहिलेकाहीँ प्राइभेट सेक्टरले त्यहाँ चासो राख्न थाल्यो, प्राइभेट सेक्टरले आफ्ना एक्टिभिटिज बढाउन थाल्यो भने सरकारले पनि आफ्ना सर्भिस, सरकारले पनि आफ्ना इन्भेस्टमेन्ट त्यहाँ बढाउन बाध्य हुन्छ।’

प्रकाशित: २०८३ कार्तिक १८ गते मङ्गलबार ०४:४९
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना