२०८३ कार्तिक २० गते बिहिबार

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
swarnim

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६ मा उनले पूर्वाधार विकासको जिम्मेवारी राज्यले मात्रै बोक्न नसक्ने बताए।

निजी क्षेत्रलाई लगानीका लागि बाटो खोल्ने गरी बजेट ल्याइएको र वैकल्पिक विकास वित्तसम्बन्धी व्यवस्था कार्यान्वयनमा जाने उनको भनाइ थियो।

मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रसँग जोडिएकाले त्यसको पुँजीलाई विकास निर्माणमा सहभागी गराउन सके मात्रै पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव हुने उनको बताए।

चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याए पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरूका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै विनियोजन भएको छ। त्यसमध्ये वास्तविक पुँजीगत खर्चका लागि उपलब्ध हुने रकम अझै कम हुने भएकाले पूर्वाधारको बढ्दो आवश्यकता पूरा गर्न वैकल्पिक स्रोत खोज्नुपर्ने अवस्था रहेको वाग्लेले बताए।

उनले ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई थप गतिशील बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। ‘बाँकी अर्थतन्त्र भनेको निजी क्षेत्र नै हो। उहाँहरूलाई आकर्षित नगरी पूर्वाधारमा छलाङ मार्न सकिँदैन,’ उनले भने।

सरकारले निजी लगानीलाई पूर्वाधारमा जोड्न हाइब्रिड एन्युटी मोडेल कार्यान्वयनको तयारी गरेको छ। त्यस्तै, वैकल्पिक विकास वित्त कोषसम्बन्धी ऐन पारित भइसकेको र यसको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया आगामी दुईदेखि चार साताभित्र अघि बढाउने तयारी रहेको अर्थमन्त्रीले जानकारी दिए। यी व्यवस्थामार्फत पूर्वाधार आयोजनामा लगानी जुटाउने नयाँ आधार तयार हुने सरकारको अपेक्षा छ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सडक निर्माणदेखि ऊर्जा उत्पादनसम्मका क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताए। विकासका सबै काम सरकारले नै गर्नुपर्छ भन्ने परम्परागत सोचबाट बाहिर निस्कनुपर्ने उनको भनाइ थियो। सरकारले निजी क्षेत्रलाई लगानीका लागि सहज वातावरण बनाउने गरी बजेटमा विभिन्न व्यवस्था गरेको पनि उनले उल्लेख गरे।

पूर्वाधार विकासलाई तीव्रता दिने सरकारको अर्को योजना एकैपटक आठदेखि १० वटा ठूला आयोजना अघि बढाउनु रहेको भन्दै उनले ठूलो लगानी आवश्यक पर्ने यस्ता आयोजनाको कार्यान्वयनमा सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई महत्त्व दिइने बताए।

यससँगै कानुनी तथा प्रशासनिक सुधारलाई पनि तीव्र बनाउने तयारी गरिएको जानकारी दिए। वाग्लेका अनुसार विगत साढे तीन वर्षमा ३५ वटा ऐन निर्माण भएकोमा अहिले सरकारले १६६ वटा ऐनमाथि काम गरिरहेको छ। तीमध्ये ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउने तयारी छ।

प्रकाशित: २०८३ कार्तिक २० गते बिहिबार ०४:४४
प्रतिक्रिया

थप समाचार

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना