२०८३ भदौ ३० गते मङ्गलबार

विवेक ‌ओझाको कथा सङ्ग्रह ‘मौन कोलाहल’ सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
bibek_ojha

काठमाडौँ: मदन पुरस्कार विजेता लेखक विवेक ओझाको पहिलो कथा-सङ्ग्रह ‘मौन कोलाहल’ बजारमा आएको छ। शनिबार मण्डला नाटकघरमा आख्यानकार नयनराज पाण्डे, अभिनेता दयाहाङ राई र अनुवादक सगुना शाहले संयुक्त रूपमा किताब विमोचन गरे।

ओझाको यसअघि ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह, ‘ऐलानी’ र ‘ऐँठन’ उपन्यास प्रकाशित रहेकोमा कथा विधामा यो उनको डेब्यु हो। ऐँठनले २०७९ सालको मदन पुरस्कार जितेको थियो।

‘मौन कोलाहल’मा अम्मल, डिडीमम्मा, मुर्दाघर, क्यानभासभित्र, पिरिम, रुखको छाया र प्रेमको जरालगायत ९ कथा सङ्ग्रिह तछन्।

सङ्ग्रहभित्र समाजभित्र लुकेका संवेदना, सामाजिक ढोंग, नैतिक द्वन्द्व, मानवीय अस्तित्व र चेतनाको अन्धकारलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको छ। ओझाका कथामा घटनाको सिलसिलेवार वर्णनभन्दा त्यसले पात्रको चेतनामा पार्ने प्रभाव, भय, रिक्तता र स्मृतिलाई प्राथमिकता दिइएको पाइन्छ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको ‘मौन कोलाहल’को मूल्य ४९५ रुपैयाँ रहेको छ।

प्रकाशित: २०८३ साउन २४ गते आईतबार ०२:०५
प्रतिक्रिया

थप समाचार

यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई, खरेललाई जगदम्बा सम्मान

काठमाडौँ: मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको गुठीको साधारण सभा बैठकले २०८२ मा प्रकाशित पुस्तकहरूबाट 'नेवार समुदायका परम्परागत...

‘तेजस्’: बौद्ध भिक्षु देशनिकालादेखि काठमाडौँको रूपान्तरणसम्म

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक...

पत्रकार दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक

काठमाडाैं । पत्रकार  दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पूर्वउपसभामुख इन्दिरा राना मगरलगायतले पुस्तक बिमोचन गरेका हुन्। यो बन्जाराको...

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ। फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी...

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना