काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको हो।
सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई हटाएपछि वरिष्ठतम्का आधारमा श्रेष्ठ निमित्त कार्यकारी निर्देशक थिए।
यसअघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक तथा कामू कार्यकारी निर्देशक थिए ।