काठमाडौँ: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नुवाकोट र रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति नुवाकोटलाई राहत सामग्री हस्तान्तरण गरेको हो।
नाडाले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग समेत उपलब्ध गराएको थियो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भदौ १८ गते अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो।