काठमाडाैं । पत्रकार दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पूर्वउपसभामुख इन्दिरा राना मगरलगायतले पुस्तक बिमोचन गरेका हुन्।
यो बन्जाराको पहिलो उपन्यास हो।
विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी मगरले साहित्य समाज र मानवीय जीवनलाई जोड्ने कडी भएको बताइन्। साहित्यिक किताब शब्दहरू मात्रै नभई समाजको ऐना र मानवीय भावनाको गहिरो अभिव्यक्ति हुने उनको भनाइ थियो।
पुस्तकमाथि जेनजी अभियन्ता जस्मिन ओझाले समीक्षात्मक टिप्पणी गरेकी थिइन्। उपन्यासमा प्रेम, पीडा, क्षमा र नयाँ आशाको एउटा भावनात्मक यात्रा मसिनोसँग समेटिएको उनको भनाइ थियो।