२०८३ भदौ ३० गते मङ्गलबार

‘तेजस्’: बौद्ध भिक्षु देशनिकालादेखि काठमाडौँको रूपान्तरणसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
download (3)

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त विमोचन गरेका हुन्।

कार्यक्रममा भिक्षु कोण्डन्यले ‘तेजस्’मा राणाकालमा बौद्ध समुदायमाथि भएको दमन र भिक्षुहरूलाई देशनिकाला गरिएको प्रसंग तथा पञ्चायतकालमा उनीहरू स्वदेश फर्किएको इतिहासलाई समेटिएको बताए। उपन्यासले भाषा, संस्कार र संस्कृतिको संरक्षणको सशक्त सन्देश दिएको उनको भनाइ थियो। विपश्यना र बौद्ध दर्शनका पक्षहरू पनि कथामा प्रभावकारी रूपमा समेटिएको भन्दै उनले उपन्यास सशक्त र पठनीय भएको बताए।

आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बस्नेतले ‘तेजस्’ काठमाडौँको भूगोल र इतिहास बुझ्न अत्यन्त उपयोगी कृति भएको बताए। सेतो ख्याकको दृष्टिकोणबाट कथा भनिएकाले उपन्यास रहस्यमय बनेको उल्लेख गर्दै उनले बौद्ध धर्ममाथि राज्यले विभिन्न कालखण्डमा गरेको उपेक्षा र दमनलाई पुस्तकले गहिराइका साथ उजागर गरेको उनको भनाइ थियो। ‘कान्तिपुर (काठमाडौँ)को भूगोल र इतिहासको यो एउटा टुर गाइड पुस्तक बनेको छ,’ उनले भने, ‘किताब स्वादको बनेको छ। संगठन नबनाइ एक्लै एक्लै काम गर्दा बिद्धस्टहरूलाई राज्यले कति सतायो भन्ने दस्तावेज हो यो किताब।’

रास्वपा नेता पाण्डेले असन, वसन्तपुर, नेवार समुदाय र ख्याकसँग सम्बन्धित धेरै कम सुनिएका कथा पुस्तकमा समेटिएको उल्लेख गर्दै उपन्यासले काठमाडौँका सम्पदालाई हेर्ने आफ्नो दृष्टिकोण नै परिवर्तन गरेको बताए।

संस्कृतिविद् नानीहेरा शाक्यले उपन्यासले नेपाल मण्डलकालीन कान्तिपुर, वसन्तपुर, कुमारीघर र चित्लाङसम्मको परिवेशलाई जीवन्त रूपमा उतारेको बताइन्। नेवार समुदाय कसरी क्रमशः सीमान्तकृत भयो भन्ने विषयलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको भन्दै उनले नेपाल भाषाका केही शब्दमा सामान्य त्रुटि रहेको पनि औंल्याइन्।

कवि रूपक अलंकारले अध्ययनशील लेखकका रूपमा अधिकारीको प्रशंसा गर्दै ‘तेजस्’ कुनै एक पात्रको कथा मात्र नभई समयसँगै बदलिएको काठमाडौँ, नेवारी संस्कृति र बौद्ध धर्मको रूपान्तरणको कथा भएको बताए। शाहकाल र त्यसपछिका राजनीतिक परिवर्तनले काठमाडौँ र बौद्ध परम्परामा पारेको प्रभावलाई उपन्यासले प्रभावशाली रूपमा चित्रण गरेको उनको भनाइ थियो।

लेखक शैलेन्द्र अधिकारीले उपन्यास लेख्ने क्रममा नेपालबाट बौद्ध भिक्षुहरू देशनिकाला गरिएको इतिहासले आफूलाई गहिरो रूपमा छोएको बताए। नेवारी समुदायको जीवन र संस्कृतिलाई नजिकबाट बुझ्न आफूले लामो समय अध्ययन र सहकार्य गरेको उल्लेख गर्दै उनले इतिहास, मिथक र सामाजिक यथार्थलाई जोडेर ‘तेजस्’ तयार भएको उनको भनाइ थियो।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ७२५ रुपैयाँ तोकिएको छ।

प्रकाशित: २०८३ साउन १७ गते आईतबार १०:१३
प्रतिक्रिया

थप समाचार

यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई, खरेललाई जगदम्बा सम्मान

काठमाडौँ: मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको गुठीको साधारण सभा बैठकले २०८२ मा प्रकाशित पुस्तकहरूबाट 'नेवार समुदायका परम्परागत...

विवेक ‌ओझाको कथा सङ्ग्रह ‘मौन कोलाहल’ सार्वजनिक

काठमाडौँ: मदन पुरस्कार विजेता लेखक विवेक ओझाको पहिलो कथा-सङ्ग्रह ‘मौन कोलाहल’ बजारमा आएको छ। शनिबार मण्डला नाटकघरमा आख्यानकार नयनराज पाण्डे, अभिनेता दयाहाङ राई र अनुवादक सगुना शाहले संयुक्त...

पत्रकार दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक

काठमाडाैं । पत्रकार  दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पूर्वउपसभामुख इन्दिरा राना मगरलगायतले पुस्तक बिमोचन गरेका हुन्। यो बन्जाराको...

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ। फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी...

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना