२०८३ असोज १८ गते आईतबार

बाँसुरीको धुनमा सुनाइयो दुई दर्जन कविता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
kavya sandhya 2
मञ्चको छेउमा मधुरो बाँसुरीको धुन बजाइरहेका थिए पूर्ण सुनुवार। यता मञ्चको बीचमा भने कविता वाचन गरिरहेका थिए आठजना कविहरू। यो सांगीतिक एवं काव्यिक माहोलको अनुपम दृश्य युकेको एल्डरसटमा शनिबार भएको काव्य–सन्ध्या कार्यक्रमको हो।

शशी थापा सुब्बाको कविता वाचन सँगै सुरु भएको रचना वाचनमा राज श्रेष्ठ, आरएल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई तथा मुकुल दाहालले तीन तीनवटा कविता वाचन गरे। अधिकांश कवितामा डायस्पोरिक जीवनको पीडा तथा प्रकृतिमा भइरहेका दोहनको विषय समावेश थियो। राज श्रेष्ठ, आरएल श्रमजीवि र विजय हितानले रसुवाको महाबाढीमाथि लेखिएका आफ्ना ताजा कविता सुनाउँदा माहोल भावुक बन्न पुगेको थियो। यता कवि नरेश काङमाङ राईले बिच, बिचमा चर्चित नेपाली कविताका हरफहरू वाचन गर्दै कार्यक्रमलाई सहजीकरण गरे।

काव्य सन्ध्या सन् २०२४ देखि प्रत्येक वर्ष आयोजना गरिने कविता वाचन कार्यक्रम हो। जहाँ कुनै औपचारिक समारोह नगरी मात्र कविता वाचन मात्र गर्ने चलन रहँदै आएको छ। ‘साहित्य सङ्गालो बेलायत’ आयोजक रहेको काव्य–सन्ध्याको संयोजक साहित्यकार केदार सङ्केत रहेका छन्। खुपेन सुनुवार, निर्भीकजंग रायमाझी, नरेश काङमाङ राई, प्रयास दुमी राई, जीवन तिवारीलगायत युवा लेखकहरू यसको समूह सदस्य रहेका छन्।

काव्य–सन्ध्याकै अवसरमा ‘नेपाल क्राफ्ट एन्ड बुक डटकम’ले नेपाली साहित्य र संस्कृतिका पुस्तकहरू बिक्रीका लागि प्रदर्शनीमा राखेको थियो।

प्रकाशित: २०८३ असोज ११ गते आईतबार ०७:०१
प्रतिक्रिया

थप समाचार

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’, ६ कृति लोकार्पण

स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको थियो। बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा स्वर्गीय जनकवि दुर्गालाल...

 जितेन्द्र मल्लको गजलसङ्ग्रह ‘शाजिक’  सार्वजनिक

क्यानबेरा, अस्ट्रेलिया: अस्ट्रेलियमा हरेक वर्ष आयोजना हुँदै आएको ‘गजल मुशायरा'को यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। नेपाली गजलका सर्जक, गजलप्रेमी, संगीतकर्मी तथा साहित्य–संगीतप्रेमीहरूको...

‘कथा डबली’ को पहिलो सिरिजमा इन्द्रजात्राको मिथक

काठमाडौँ: सहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष शृंखला ‘कथा डबली’ सुरुवात गर्ने भएको छ। ‘कथा डबली–१’...

पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र आचार्यलाई गौरव

काठमाडौँ: २०८२ मा प्रकाशित पुस्तकहरूबाट यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई दिने निर्णय भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कवि, गीतकार तथा उपन्यासकार...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना