२०८३ असोज १८ गते आईतबार

 जितेन्द्र मल्लको गजलसङ्ग्रह ‘शाजिक’  सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
sajilk

क्यानबेरा, अस्ट्रेलिया: अस्ट्रेलियमा हरेक वर्ष आयोजना हुँदै आएको ‘गजल मुशायरा’को यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। नेपाली गजलका सर्जक, गजलप्रेमी, संगीतकर्मी तथा साहित्य–संगीतप्रेमीहरूको सहभागितामा क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न भएको छ।

मुशायरा परिवारको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा मुशायरा परिवारका संयोजक तथा गजलकार जितेन्द्र मल्लको पहिलो गजलसङ्ग्रह ‘ शाजिक ’ समेत औपचारिक रूपमा लोकार्पण गरिएको छ।

क्यानबेराको गुङ्गाह्लिनस्थित द थकाली लाउन्ज एन्ड बारमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका विभिन्न शहर तथा नेपालबाट सहभागी २६ जना गजलकारले आफ्ना गजल वाचन गरेका थिए। क्यानबेरा, सिड्नी, मेलबर्न, अल्बरी, ब्रिसबेनलगायत शहरबाट आएका सर्जकहरूको सहभागिता रहेको कार्यक्रममा गजल वाचनसँगै रोशन रेग्मी र सुबास लामिछानेको गायन प्रस्तुति पनि रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेको ‘शाजिक’ सारांश पब्लिकेसन द्वारा प्रकाशित गजलसङ्ग्रह हो। संग्रहमा प्रेम, सम्बन्ध, प्रवास, जन्मभूमि, जीवनदर्शन तथा विभिन्न मानवीय अनुभूतिसँग सम्बन्धित गजलहरू समेटिएका छन्। लामो समयदेखि नेपाली गजल लेखनमा सक्रिय मल्लले विभिन्न समय र अनुभूतिबाट जन्मिएका आफ्ना रचनालाई पहिलोपटक पुस्तकाकार दिँदै ‘शाजिक’ पाठकमाझ ल्याएका हुन्।

क्यानबेराको मुशायरा मञ्चबाट लोकार्पण भएको ‘शाजिक’ अब पाठकमाझ पुगेको छ। मल्लको पहिलो गजलसङ्ग्रहको अर्को लोकार्पण कार्यक्रम नेपालमा समेत आयोजना गरिने भएको छ। नेपालमा हुने कार्यक्रमको मिति, स्थान तथा पुस्तक प्राप्त गर्न सकिने विवरण आगामी दिनमा सार्वजनिक गरिने मल्लले बताएका छन्।

सन् २०१४ मा सिड्नीबाट सुरु भएको मुशायरा परिवारको गजल यात्रा अस्ट्रेलियाका विभिन्न शहर हुँदै क्यानबेरासम्म आइपुगेको हो। गजललाई केन्द्रमा राखेर सर्जक र श्रोतालाई जोड्दै आएको मुशायरा परिवारले अस्ट्रेलियाबाहेक नेपाल र मलेसियामा समेत कार्यक्रम आयोजना गरिसकेको छ। सन् २०१७ देखि ‘गजल मुशायरा लाइभ’मार्फत डिजिटल माध्यमबाट विभिन्न देशमा रहेका नेपाली गजल सर्जकलाई समेत प्रस्तुत गर्दै आएको छ।

क्यानबेरामा सम्पन्न ‘गजल मुशायरा–२०२६’मा सहभागी गजलकार, गायक तथा संगीतकर्मी, दर्शक–श्रोता, स्वयंसेवक, प्रायोजक, सहयोगी संस्था तथा नेपाली समुदायप्रति मुशायरा परिवारले आभार व्यक्त गरेको छ।

प्रकाशित: २०८३ असोज ५ गते सोमबार ११:४९
प्रतिक्रिया

थप समाचार

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’, ६ कृति लोकार्पण

स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको थियो। बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा स्वर्गीय जनकवि दुर्गालाल...

बाँसुरीको धुनमा सुनाइयो दुई दर्जन कविता

मञ्चको छेउमा मधुरो बाँसुरीको धुन बजाइरहेका थिए पूर्ण सुनुवार। यता मञ्चको बीचमा भने कविता वाचन गरिरहेका थिए आठजना कविहरू। यो सांगीतिक एवं काव्यिक माहोलको अनुपम दृश्य युकेको एल्डरसटमा शनिबार...

‘कथा डबली’ को पहिलो सिरिजमा इन्द्रजात्राको मिथक

काठमाडौँ: सहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष शृंखला ‘कथा डबली’ सुरुवात गर्ने भएको छ। ‘कथा डबली–१’...

पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र आचार्यलाई गौरव

काठमाडौँ: २०८२ मा प्रकाशित पुस्तकहरूबाट यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई दिने निर्णय भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कवि, गीतकार तथा उपन्यासकार...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना