२०८३ कार्तिक २३ गते आईतबार

मन्त्री फेरिए तर हेटौँडा कपडा उद्योग चलेन, निरीक्षण र प्रतिवद्धतामै सिमित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ९
photo-1_8d04ccd9

हेटौँडा। वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्दै सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।

मन्त्री यादवले उद्योग पुनर्जीवनका लागि सरकार गम्भीर रहेको दाबी गरे पनि स्थानीयवासी भने सरकारको प्रतिबद्धताप्रति विश्वस्त देखिएका छैनन्। उनीहरूको भनाइमा हेटौँडा कपडा उद्योग वर्षौँदेखि राजनीतिक भाषण, निरीक्षण र प्रचारको विषय मात्रै बनेको छ।

स्थानीयका अनुसार हरेक सरकार परिवर्तनसँगै मन्त्रीहरू उद्योग अवलोकन गर्न आउने, आश्वासन दिने र फर्किने क्रम दोहोरिँदै आएको छ। ‘मन्त्री आउँछन्, फोटो खिच्छन्, उद्योग चलाउने घोषणा गर्छन्, तर केही समयपछि सबै कुरा सेलाउँछ,’ एक स्थानीयले गुनासो गरे।

पछिल्ला वर्षहरूमा मात्रै पटक–पटक उद्योगको निरीक्षण गरिएको छ। २०७६ माघ ११ गते तत्कालीन उद्योग मन्त्री लेखराज भट्टले उद्योगको अनुगमन गर्दै सञ्चालनको मोडालिटी तयार पारिने बताएका थिए।

त्यसपछि २०७९ साउन १२ गते तत्कालीन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्रसँग सहकार्य गरेर उद्योग सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए।

यस्तै २०८१ भदौ १ गते उद्योगमन्त्री दामोदर भण्डारी सहितको टोलीले उद्योगको निरीक्षण गर्दै सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेको थियो। तर ती सबै घोषणापछि पनि उद्योग अझै सञ्चालनमा आउन सकेको छैन।

२०४६ सालपछि राजनीतिक हस्तक्षेप, अव्यवस्थित नियुक्ति, बन्द–हडताल र निरन्तर आर्थिक घाटाका कारण उद्योग धराशायी बन्दै गएको थियो। अन्ततः १८ माघ २०५७ मा उद्योग बन्द गर्ने निर्णय गरिएको थियो।

कुनै समय देशकै प्रमुख सरकारी उद्योगमध्ये गनिने हेटौँडा कपडा उद्योगमा करिब १२ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए। २०३५ सालदेखि उत्पादन सुरु गरेको उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडा उत्पादन गर्नुका साथै नेपाली सेनाका लागि आवश्यक कपडा समेत उत्पादन गर्दै आएको थियो।

हाल उद्योगका भवन, मेसिन र पूर्वाधार जीर्ण अवस्थामा पुगेका छन्। उद्योग पुनः सञ्चालन भए मकवानपुरसहित आसपासका जिल्लामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। तर स्थानीयको प्रश्न अझै उस्तै छ, ‘सरकारले अब पनि निरीक्षण र भाषणमै सीमित रहने हो, कि साँच्चै उद्योगको चिम्नीबाट धुवाँ निकाल्ने हो ?’

प्रकाशित: २०८३ जेठ ९ गते शनिवार ०५:१२
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना