२०८३ कार्तिक १३ गते बिहिबार

केरासँगै मकै, खुर्सानी र तोरीलगायत बहुबालीतर्फ किसानको आकर्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ११
kera

टीकापुर: कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन्। केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन्।

टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गरेका छन्। उनी यसवर्ष मकैको दुई बाली लिने तयारीमा छन्। केराखेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसकेका धामीको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ।

धामीले साढे ६ बिघा जमिनमा केराखेतीसँगै मकैखेती गरेका छन्। एकपटक लाखौँ रुपैयाँ बराबरको मकै उत्पादन लिइसकेका उनको बारीमा फेरि मकैखेती फष्टाएको छ।

‘तयार भएको मकै चैतमा बजारमा हरियो नै बेचियो, पोलेर बिक्री गर्ने भएकाले खपत राम्रै भयो’, उनले भने, ‘अब अर्को मकै बालीबाट ४५ क्विन्टल जति उत्पादन हुने अनुमान गरेको छु। यो बाली साउनको पहिलो सातातिर तयार हुन्छ, यसले पनि राम्रै बजार पाउँछ।’

लामो समयदेखि २१ विघामा केराखेती गरिरहेका धामीले गतवर्ष पनि केराखेती भित्र खुर्सानी र तोरी खेती गरेका थिए। केराखेती गरिरहेका उनले विगतमा गरिने केरा खेतीको समय परिवर्तन गरेका छन्। विगतमा असारमा केरा रोप्ने गर्नुभएका धामीले दुई वर्षदेखि मङ्सिरमा आधा जमिनमा केरा रोपे।

‘असारमा रोपेको केरा भदौमा तयार हुन्छ, सबैले असारमै रोप्ने गर्नाले चिसो मौसममा राम्रो केरा नपाइने समस्या हुन्छ। त्यसैले मैले केरा दुई समयमा रोप्न थालेको छु’, धामीले भने, ‘मङ्सिरमा रोपेको केरामा बहुबाली खेती गर्ने गरेको छु। यसरी खेती गर्दा बर्खामा हावाहुरीले गर्ने क्षतिबाट जोगिन्छ। विपद्बाट जोगिने र दुईभन्दा बढी बाली उत्पादन लिन सकिन्छ।’

टीकापुर–५ पहाडीपुरका किसान शेरबहादुर साउदले गत वर्ष असारमा केरा रोप्नुभयो। केरा खेतीको बीचमा असोज महिनामा उनले मकै र तोरी खेती गरे।

‘एक बिघा जमिनमा प्रयोग गरौँ भनेर खेती गरे, केराको दायाँबायाँ कमै र बीचमा तोरी छरे’, उनले भने ‘दुई क्विन्टलभन्दा बढी तोरी उत्पादन भयो। रु ४० हजारको त हरियो मकै बिक्री गरे, ६० किलो जति दाना मकै पनि छ।’

बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा भएको साउदको भनाइ छ। उनको बारीमा अहिले केरा राम्रो फस्टाएको छ।

‘केरा खेतीबाट पनि करिब रु ५ लाखसम्म आम्दानी लिन सकिन्छ’, उनले भने, ‘मैले पाँच बिघा जमिनमा केराखेती गरेको छु, केराभित्र अन्य बाली उत्पादन लिन सकिन्छ। मेहनत गरेमा पर्याप्त कमाइ गर्न सकिन्छ।’

बहुबाली खेती भनेको एउटै जमिनमा एउटै समयमा दुई वा दुईभन्दा बढी बाली लगाउने प्रविधि हो। बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन्। एउटै खेतमा मुख्य नगदे बालीसँगै अन्य तरकारी वा अन्नबाली लगाउँदा जमिनको अधिकतम उपयोग हुने, उत्पादनमा विविधता र आम्दानी बढाउने कृषि विज्ञहरू बताउँछन्।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका प्रमुख डा विष्णुविलास अधिकारी बहुबाली खेती किसानका लागि फाइदाजनक भएको बताउँछन्।

‘एउटा मुख्य बाली हुन्छ, बीचमा भुसुवा बाली लगाइन्छ। त्यसमा दुई वा दुईभन्दा बढी बाली लगाउन सकिन्छ’, उनले भने, ‘मकै खेतीमा भटमास, कोदो रोप्न सकिन्छ। तोरी लगाएमा तोरीभित्र केराउ, मसुरो, आलस लगाउन सकिन्छ।’

डा अधिकारीका अनुसार मुख्य बाली बाहेक बीचमा भएको खाली जमीनमा अर्को बाली लगाएमा उत्पादन बढी लिन सकिने र एउटा बालीमा रोग किराले नोक्सान भए पनि अर्को बालीबाट उत्पादन लिँदा किसानलाई घाटा हुँदैन।

‘एउटा बालीले अर्को बालीलाई फाइदा गर्छ। थरिथरिका बाली लगाउँदा फरक फरक किसिमका कीरा र रोग लाग्दैन। किसानले कोसे बालीमा प्राथमिकता दिनुपर्छ”, डा अधिकारीले भने, ‘कोशेबाली मिसाएर लगाएमा बायुमण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरेर लिन्छ, जसले माटो मलिलो हुन्छ। किसानले थरिथरिका बाली बालीचक्रमा मिलाएर लगाएमा फाइदा लिन सकिन्छ।’

कैलालीमा सयौँ किसान केराखेतीमा लागेका छन्। यहाँ करिब एक हजार हेक्टर जमिनमा केराखेती गरिएको छ। केराको उत्पादन लिन एकवर्ष बढी समय लाग्ने भएकाले एक वर्षभित्र केराको बीचको जमिनमा अर्को उत्पादन लिन सकिन्छ। फलफूलमा अन्य बाली लगाएर उत्पादन लिनुपर्छ।

बहुबालीले माटोको संरक्षण गर्ने, खाली जमीनमा पानी वाष्पिकरण भएर उडेर जाने भएकाले खेर जाने पानी पनि अन्य बाली लगाउँदा संरक्षण हुन्छ। मल, जल सबै संरक्षण हुन्छ। ‘यसका फाइदा नै फाइदा छन्’, डा. अधिकारीले भने।

प्रकाशित: २०८३ जेठ ११ गते सोमबार ०४:०६
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना