२०८३ कार्तिक २३ गते आईतबार

ऊर्जा क्षेत्रलाई अघि बढन् अब ‘सनसेट ल’ र निजी क्षेत्रलाई व्यापार लाइसेन्सः बलराम खतिवडा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १३
balaram_khatiwada

काठमाडौं। सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य राखेको छ। तर, हाल विद्यमान केही नीतिगत र कानुनी जटिलताका कारण भने सरकारलाई आफ्नै लक्ष्य हासिल गर्न चुनौती देखिन्छ। हालसम्म जडित क्षमता ४३ सय मेगावाट पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वारसमेत रहेका हालका महासचिव बलराम खतिवडाले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने र विद्यमान कानुनी जटिलता फुकाउन ‘सनसेट ल’ ल्याउनुपर्नेमा जोड दिएका छन्।

हाल १६ हजार मेगावाट क्षमताका आयोजनाहरू विद्युत खरिद सम्झौता (पीपीए) को पर्खाइमा रहेको उल्लेख गर्दै उनले सरकारले खपतको आधारमा मात्र पीपीए गर्ने नीति लिँदा आयोजनाहरू अन्योलमा परेको बताए।

सरकारले एकल क्रेताको अवधारणालाई परिवर्तन गरी बजारलाई प्रतिस्पर्धी बनाउनुपर्ने र निजी क्षेत्रलाई आफैँ बजार खोजेर बिजुली बेच्न अनुमति दिएमा सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उनको भनाइ छ।

महासचिव खतिवडाले सरकारले लिएको ३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न उत्पादनसँगै आन्तरिक खपत बढाउनु अपरिहार्य रहेको बताए। यसका लागि उद्योगधन्दाको विस्तार र घरायसी प्रयोगमा विद्युतीय उपकरणलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम ल्याउनुपर्ने उनले सुझाब दिए।

निजी क्षेत्र अहिले प्राविधिक र आर्थिक रूपमा सक्षम भइसकेको र बैंकहरू पनि ठूलो लगानी गर्न तयार रहेको अवस्थामा सरकारले बजार व्यवस्थापन र नीतिगत सहजीकरणमा ध्यान दिनुपर्ने उनको तर्क छ।

ऊर्जा विकासको बाटोमा वन ऐन, जग्गा प्राप्ति, र प्रसारण लाइन निर्माण मुख्य बाधकका रूपमा देखा परेको खतिवडाले उल्लेख गरे। हालसम्म भएको करिब ४ हजार मेगावाटको उत्पादन निकै संघर्षपूर्ण रहेको भन्दै उनले भने,‘वनको क्लियरेन्स लिन वर्षौँ लाग्ने र जग्गा प्राप्तिमा ठूलो समस्या हुने गरेको छ।’

यी समस्या समाधानका लागि सरकारले निश्चित समयका लागि विकासविरोधी ऐनहरूलाई निलम्बन गर्ने गरी ‘सनसेट ल’ ल्याउनुपर्ने उनको माग छ। यस्तो कानुनले झन्झटिला प्रक्रियालाई छोट्याई १० वर्षमा लिइएको लक्ष्य हासिल गर्न मार्गप्रशस्त गर्ने उनले विश्वास व्यक्त गरे।

प्रसारण लाइन निर्माणमा राज्यको सिमित स्रोत साधनका कारण ढिलाइ भइरहेको सन्दर्भमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्न तयार रहेको खतिवडाले स्पष्ट पारे। साथै, स्थानीय स्तरमा हुने अवरोध र शान्ति सुरक्षाका चुनौतीलाई सरकारले सम्बोधन गर्नुपर्ने उनले बताए।

स्थानीय बासिन्दालाई सेयरमार्फत आयोजनामा सहभागी गराउँदा उनीहरूमा अपनत्व बढ्ने र यसले लगानीको राम्रो प्रतिफल दिने संस्कृतिको विकास हुने उनको बुझाइ छ। देशको आर्थिक समृद्धिको मेरुदण्ड ऊर्जा क्षेत्र नै भएकोले वर्तमान स्थिर सरकारबाट निजी क्षेत्रले ठूलो आशा राखेको बताए।

इप्पानको २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते काठमाडौँमा हुँदैछ। साधारण सभाको तयारी तीव्र पारिएको जानकारी दिँदै महासचिव खतिवडाले हाल संस्थामा सदस्यता नवीकरण र नयाँ सदस्यता दर्ताको कार्य भइरहेको बताए। यस अधिवेशनले इप्पानको आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

महासचिव खतिवडाले आफूले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेको बताए । अधिवेशनको पूर्वसन्ध्यामा संस्थाभित्र विधान संशोधनको विषय मुख्य एजेन्डा बनेको छ । महासचिव खतिवडाले इप्पानलाई अझ लोकतान्त्रिक र समावेशी बनाउन विधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने जोड दिएका छन्।

हालको विधानले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई मात्र माथिल्लो पदमा उठ्न पाउने व्यवस्था गरेको भन्दै उनले यसलाई परिवर्तन गरी सबै सदस्यहरूका लागि नेतृत्वको बाटो खुला गर्नुपर्ने बताए। ५०० सदस्य पुगिसकेको अवस्थामा नयाँ र सक्षम व्यक्तिहरूलाई पनि नेतृत्वमा आउने वातावरण बनाउन सबै पदमा खुला प्रतिस्पर्धा हुनुपर्ने उनको तर्क छ।

निर्वाचनको समय तालिका र प्रक्रियाका सम्बन्धमा संस्थाभित्र केही भिन्न मतहरू रहे पनि साधारण सभाको निर्णय नै अन्तिम हुने खतिवडाले उल्लेख गरे। गत वर्षको साधारण सभाले महासंघमा जाने र त्यसको एक वर्षपछि मात्र चुनाव गर्ने म्यान्डेट दिएको भए पनि हाल महासंघमा नजाने निर्णय भइसकेकाले साधारण सभाले नै नयाँ बाटो तय गर्नुपर्ने उनको भनाइ छ।

 

प्रकाशित: २०८३ जेठ १३ गते बुधबार ०८:५१
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना