२०८३ कार्तिक २३ गते आईतबार

४५ संस्थानमध्ये २७ नाफामा, सरकारको लगानी आठ खर्ब नजिक, वायुसेवा निगमको अवस्था नाजुक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १३
artha_finance_mof ministry (6)

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८१/०८२ मा देशमा स्वामित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये २७ वटा नाफामा, १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन्। अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यस्तो बताएको हो।

सर्वेक्षणअनुसार २७ वटा संस्थान नाफामा रहेका छन् भने १६ वटा संस्थान नोक्सानीमा चलेका छन्। दुईवटा संस्थान भने बन्द अवस्थामा छन। अघिल्लो आर्थिक वर्षमा २८ संस्थान नाफामा र १५ संस्थान नोक्सानीमा थिए।

नाफा कमाउने संस्थानहरूमध्ये नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण अग्रस्थानमा रहेका छन्।

त्यस्तै, सार्वजनिक संस्थानहरूमा सरकारको सेयर र ऋण लगानी निरन्तर बढिरहेको छ। २०८२ असार मसान्तसम्म सरकारको कुल लगानी १३.४ प्रतिशत वृद्धि भई सात खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसमध्ये सेयर लगानी तीन खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी चार खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति ९.५ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको छ। यो आकार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५० प्रतिशतभन्दा बढी हो। यद्यपि, सरकारले प्राप्त गर्ने लाभांशमा भने ५.२ प्रतिशत गिरावट आएको छ। गत आर्थिक वर्षमा ८ अर्ब ८३ करोड लाभांश बुझाएका संस्थानहरूले यस वर्ष ८ अर्ब ३७ करोड रुपैयाँ मात्र लाभांश दिएका छन्।

सर्वेक्षणले केही संस्थानहरूको नेटवर्थ ऋणात्मक रहेको देखाएको छ। हाल ७ वटा संस्थानको नेटवर्थ ऋणात्मक छ। जसमा नेपाल वायुसेवा निगम सबैभन्दा खराब अवस्थामा छ। निगमको नेटवर्थ ७ अर्ब ९३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको सर्वेक्षणले औंल्याएको छ। वायुसेवा निगमले जहाज खरिद गर्दाको ऋण बढेर ५५ अर्ब रुपैयाँ पुगेको छ।

सार्वजनिक संस्थानहरूमा हाल स्वीकृत दरबन्दी ३८ हजार २ सय ८५ रहेकोमा ३० हजार ३ सय ५२ जना कर्मचारी कार्यरत रहेका छन्।

सरकारले संकलन गर्ने कुल आयकरमा सार्वजनिक संस्थानहरूको योगदान ३.८२ प्रतिशत रहेको छ। यस्तै, धितोपत्र बजार (नेप्से) मा सूचीकृत भएका ७ वटा सार्वजनिक संस्थानले बजार पुँजीकरणको १५.१ प्रतिशत हिस्सा ओगटेका छन्।

उच्च नोक्सानमा रहेका पाँच संस्थानको अवस्था

समीक्षा अवधिमा व्यावसायिक कारोवार सञ्चालन गरेका संस्थानमध्ये उच्च नोक्सानमा रहेका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र दुग्ध विकास संस्थान रहेका छन्। कुल नोक्सानमा यी संस्थानको नोक्सानको हिस्सा ५१.३८ प्रतिशत रहेको छ।

गत समीक्षा अवधिमा यस्तो हिस्सा ६३.६३ प्रतिशत रहेको थियो । विगत वर्षमा जस्तै आर्थिक वर्ष २०८१०८२ मा वायुसेवा निगम सर्वाधिक खुद नोक्सानमा रहेको छ। जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निगमको वित्तीय अवस्था निरन्तर खस्कँदो छ।

उच्च नोक्सानमा रहेका संस्थानको वित्तीय अवस्था कमजोर हुनुका कारणमा क्रमशः उच्च महसुल बक्यौता एवम् कमजोर समन्वय, न्यून क्षमता उपयोग एवं उच्च प्रशासनिक खर्च तथा परिवर्तित परिवेशमा प्रतिस्पर्धी क्षमता न्यून रहेका छन्।

ऋणको साँवा ब्याज भुक्तानीमा कठिनाई र व्यावसायिक योजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्नु जस्ता कारणले समग्र सार्वजनिक संस्थानको खुद तथा सञ्चित नोक्सान बढ्दै गएकोले वित्तीय जोखिम बढाएको छ।

प्रकाशित: २०८३ जेठ १३ गते बुधबार ०४:४३
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना