२०८३ कार्तिक २३ गते आईतबार

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
industry
काठमाडौँ: मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।
करिब छ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका ७०६ मध्ये ६३८ उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ। औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन, १६ उद्योग बन्द र २६ अन्य सङ्घसंस्था छन्।
सातै प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह गरी १० औद्योगिक क्षेत्र सञ्चालित छन्। मुलुकमा औद्योगिक विकास गर्न उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइएको हो।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र उद्योग तथा लागनी सहजीकरण गर्न औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, कम्पनी ऐन, २०६३ र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधन गरी लगानीमैत्री बनाइएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
नवीनतम ज्ञान, प्राविधिक सीप र क्षमता भएको इच्छुक उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा सहभागी हुन उत्प्रेरित गर्दै स्टार्टअप उद्यम नीति २०८१ र स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत भएको छ।
स्टार्टअप उद्यमको विकास र प्रवर्द्धनका लागि व्यवसाय सम्वर्द्धन केन्द्रको स्थापना भएको छ। स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पाँच हजार १५८ प्रस्ताव प्राप्त भएकामा ६६१ प्रस्ताव सिफारिस भई ६०० उद्यमीलाई कर्जा प्रवाह गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। चालु आवको फागुनसम्म १० हजार २४४ प्रस्ताव प्राप्त भएका छन्।
औद्योगिक बौद्धिक सम्पत्तिका रुपमा गत फागुन मसान्तसम्म ७० हजार ९७० ट्रेडमार्क, ९० पेटेन्ट र ३२० डिजाइन दर्ता भएका छन्।
सबैभन्दा बढी चिनियाँ लगानी स्वीकृत
फागुन मसान्तसम्म वैदेशिक लगानीका लागि स्वीकृति पाएका परियोजनामध्ये कूल लगानीका आधारमा सबैभन्दा बढी चिनियाँ छ। सो अवधिमा चीनको ४८ प्रतिशत, भारतको १७.९ प्रतिशत र तीबाहेक अन्यको ३४.१ प्रतिशत लगानी रहेको छ।
प्रकाशित: २०८३ जेठ १४ गते बिहिबार ०१:१६
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना