२०८३ कार्तिक २३ गते आईतबार

जीवन बीमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
artha_finance_mof ministry (2)
काठमाडौँ: जीवन बीमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम संकलन भएको छ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बीमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर संकलन भएको छ।
कुल बीमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ।  गत फागुन मसान्तसम्म सक्रिय बीमालेखमध्ये जीवन बीमातर्फको संख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बीमातर्फको संख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ।
चालु आवको फागुनसम्म जीवन बीमातर्फ एक लाख २५ हजार ८३० बीमा दाबीअन्तर्गत रु २६ अर्ब ८४ करोड बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ।  निर्जीवन बीमातर्फ ९४ हजार २१५ बीमा दाबीअन्तर्गत रु १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ।
बीमा क्षेत्रमा जीवन र लघु जीवन बीमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।  सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन्।  निर्जीवन बीमा व्यवसायको क्षति मूल्यांकन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनःबीमा अभिकर्ताले रोजगारी पाएका छन्।
सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड
यसैगरी गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ।
सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रु पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ।  कोषले विभिन्न क्षेत्रमा गरी रु दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ।  यस्तै रु तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।
सर्वेक्षण अनुसार, गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रु तीन खर्ब १९ अर्ब ५० करोड बराबर पुगेको छ।  सो अवधिमा बचतकर्ताको सञ्चित रकम रु दुई खर्ब ८२ अर्ब ३७ करोड बराबर छ।  कोषले विभिन्न क्षेत्रमा रु एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ।  रु ९१ अर्ब ५६ करोड बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ।
प्रकाशित: २०८३ जेठ १४ गते बिहिबार ०३:४८
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना