२०८३ कार्तिक १३ गते बिहिबार

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १७
hormuz

वासिङ्टन,एपी। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले २० भन्दा बढी चेतावनी दिएको थियो। चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ।

हाल उक्त जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ। अमेरिकी सेनाले अझै जहाजमा चढेर नियन्त्रणमा लिएको छैन।

अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भएयता इरानतर्फ जान खोजेका ६ वटा जहाजलाई रोकिएको छ। तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ्न अनुमति दिइएको थियो भने ११६ वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको छ।

अमेरिकाले अप्रिल १७, २०२६ मा इरानमाथि समुद्री नाकाबन्दी लागू गरेको थियो। यो कदम इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा आवागमन प्रभावकारी रूपमा बन्द गरेपछि चालिएको थियो। मध्यपूर्वमा युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको थियो।

हाल अप्रिल ७ मा भएको युद्धविराम कायम रहेको छ। तर, इरानको आणविक कार्यक्रमबारे वार्ता गर्न युद्धविराम थप ६० दिन लम्ब्याउने विषयमा छलफल भइरहेको छ।

होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। त्यहाँको तनावका कारण तेल, प्राकृतिक ग्यास र मलजस्ता वस्तुको आपूर्तिमा असर परेको छ, जसले विश्व अर्थतन्त्र र उपभोक्ताहरूलाई दबाबमा पारेको छ।

अमेरिकाले लगाएको नाकाबन्दीको उद्देश्य इरानको व्यापार र तेल निर्यातलाई सीमित गर्दै उसको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नु रहेको बताइएको छ।

 

 

प्रकाशित: २०८३ जेठ १७ गते आईतबार १०:३४
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना