२०८३ कार्तिक २३ गते आईतबार

नेपालमा डिजिटल सेवा विस्तारबारे उच्चस्तरीय छलफल, लगानी गर्न एलन मस्कको कम्पनी इच्छुक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
nepalkhabar

काठमाडौँ: नेपालको सूचना प्रविधि, दूरसञ्चार र डिजिटल पूर्वाधार क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने प्रयास तीव्र बन्दै गएको छ। एकातर्फ एलोन मस्कको स्टारलिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने इच्छा पुनः व्यक्त गरेको छ भने अर्कोतर्फ नेपाल र अमेरिकाबीच सूचना प्रविधि, साइबर सुरक्षा तथा लगानी विस्तारका विषयमा उच्चस्तरीय संवाद भएको छ।

नेपालमा दूरसञ्चार तथा डिजिटल सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने सम्भावनाबारे पछिल्ला दिनमा महत्वपूर्ण गतिविधि देखिएका छन्। यही क्रममा स्टारलिंकका प्रतिनिधिले नेपालमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने आफ्नो योजना अघि बढाउन सरकारसँग पुनः संवाद गरेका छन्।

सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा स्टारलिंककी निर्देशक रेबिका स्लिक हन्टरले नेपालमा सेवा सञ्चालनका लागि कम्पनी इच्छुक रहेको जानकारी दिएकी थिइन्। उनले आवश्यक अनुमति प्राप्त गर्ने प्रक्रियामा केही नीतिगत तथा कानुनी विषयहरू चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै नेपालमा दीर्घकालीन लगानी तथा सेवा विस्तारको वातावरणबारे चासो व्यक्त गरिन्।

स्टारलिंकले स्थानीय साझेदारी तथा व्यावसायिक सहकार्यका सम्भावनाबारे नेपालका विभिन्न सेवा प्रदायकसँग समेत संवाद गरिरहेको जानकारी दिँदै नेपाललाई स्याटेलाइट इन्टरनेट सेवाको सम्भावित बजारका रूपमा हेरिएको बताएको स्रोतले जनाएको छ।

भेटमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा विद्यमान कानुनी र नीतिगत व्यवस्थाअनुसार प्रक्रिया पूरा गरेपछि विदेशी कम्पनीलाई सेवा सञ्चालनमा कुनै अवरोध नहुने स्पष्ट पारे। उनले नेपाल सरकारले प्रविधि तथा दूरसञ्चार क्षेत्रमा गुणस्तरीय लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि उल्लेख गरे।

स्टारलिंकले यसअघि पनि नेपालमा सेवा विस्तारका लागि विभिन्न तहमा पहल गर्दै आएको छ। कम्पनीका प्रतिनिधिहरूले पूर्वप्रधानमन्त्री तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रालयका अधिकारी तथा नियामक निकायसँग पटकपटक छलफल गरेका थिए। गत वर्ष प्रधानमन्त्री ओली र एलोन मस्कबीच भएको भर्चुअल संवादमा समेत नेपालमा लगानी र सेवा विस्तारबारे सकारात्मक छलफल भएको थियो।

यसैबीच, नेपाल–अमेरिका सम्बन्धअन्तर्गत सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि उच्चस्तरीय संवाद भएको छ। सोमबार नै सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको थियो।

भेटका क्रममा दुवै पक्षबीच सूचना प्रविधि, दूरसञ्चार, साइबर सुरक्षा, डिजिटल पूर्वाधार निर्माण तथा विदेशी लगानी विस्तारका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल र अमेरिकाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने अमेरिकी प्रतिबद्धता दोहोर्याउँदै अमेरिकी निजी क्षेत्र नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको बताइन्। उनले लगानीकर्ताले स्थिर नीति, सहज नियामकीय वातावरण र आवश्यक सहजीकरणको अपेक्षा राख्ने गरेको उल्लेख गरिन्।

उनले डिजिटल युगमा इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै अनलाइन अपराध, साइबर ठगी, बालबालिकासम्बन्धी संवेदनशील सामग्री तथा अन्य डिजिटल चुनौतीहरू व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखिन्। डिजिटल पूर्वाधार र प्रविधि क्षेत्रमा अमेरिकाले थप सहकार्य गर्न तयार रहेको पनि उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत सार्वजनिक सेवा, प्रशासन र अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने दिशामा अघि बढिरहेको उल्लेख गर्दै विदेशी लगानी र अन्तर्राष्ट्रिय सहकार्यलाई सरकारले प्राथमिकता दिएको बताए। उनले सामाजिक सञ्जालमाथि अनावश्यक नियन्त्रणभन्दा जिम्मेवार र सुरक्षित डिजिटल वातावरण निर्माणमा सरकार केन्द्रित रहेको स्पष्ट पारे।

सरकारी अधिकारीहरूका अनुसार स्टारलिंकको सम्भावित प्रवेश र अमेरिकासँग बढ्दो डिजिटल सहकार्यले नेपालमा दूरसञ्चार, इन्टरनेट पहुँच, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रमा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ जेठ १८ गते सोमबार ०७:३१
प्रतिक्रिया

थप समाचार

rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना