काठमाडौँ- प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि भएको छ। बजेटमा लुम्बिनी प्रदेशको नामको ठाउँमा प्रदेश ५ लेखेर ल्याएपछि एमालेले विरोध जनाएको हो।
एमालेका सांसद रघुजी पन्तले लुम्बिनी नाम नलेखीकन ल्याएको बजेटमा छलफल हुन नसक्ने अडान लिएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
संसदमा मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको छ।


