काठमाडौँ- नागरिकताविहीन संघर्ष समितिको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। मंगलबार सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्दै निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि केहीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदर्शनकारीहरूले ‘सर्वोच्च अदालत नागरिकताविहीन यहाँ छौँ’लगायतका नारालगाएका थिए। सर्वोच्च अदालतले नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। यसकै विरोधमा नागरिकताविहीनहरूले सर्वोच्च अदालतअघि प्रदर्शन गरेका हुन्।










