२०८३ कार्तिक २३ गते आईतबार

मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २०
malikarjun

दार्चुला: मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौं भयो। यहाँका महिला, बालबालिका र वृद्धहरू पानीको खोजीमै समय बित्ने गरेको छ।

यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभर पानीको हाहाकार मच्चिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौँ प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका छन्।

स्थानीय गजेन्द्रसिंह धामी भन्छन्, ‘अहिलेको समयमा पनि नागरिकले खानेपानीको लागि यति दुःख पाउनुपर्ने अवस्था रहनु दुःखद् हो। पानी त आधारभूत आवश्यकता हो, तर हामीले अझै पनि यसको लागि सङ्घर्ष गर्नुपरेको छ। पानीको जोहो बिना कसरी बाँच्नु? हरेकपटकको समस्या भनेकै यो क्षेत्रका नागरिकको खानेपानी हो। घरघरमा धारा नपुग्ला तर बस्तीमै राम्रो पानी भए पनि जोहो टर्थ्यो।’

बस्तीभन्दा करिब एक किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधिमार्फत पानी ल्याउने उद्देश्यसहित २०७९ सालमा खानेपानी योजना सुरु गरिएको छ। योजना सुरु भएको चार वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ।

हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माणबाहेक उल्लेख्य प्रगति हुन सकेको छैन। गाउँलेहरू योजना सुरु हुँदा केही वर्षभित्रै घरघरमा धारा पुग्ने अपेक्षा गरेका थिए। तर अहिले पनि उनीहरू पुरानै दुःख दोहोर्‍याउन बाध्य छन्। स्थानीय चन्द्रसिंह धामी भन्छन्, ‘अरू ठाउँमा प्रत्येक घरमा धारा पुगेका छन्। यहाँ भने अहिले पनि पानीकै लागि घण्टौँ हिँड्नुपर्छ। पानी बिना जीवन सम्भव छैन, तर हाम्रो पीडा कसैले सुनेजस्तो लाग्दैन।’

अरु ठाउँमा अन्य विकासको योजना माग्छन्, तर मेरो गाउँका नागरिकले अहिले पनि राज्यले गर्नैपर्ने आधारभूत खानेपानी मागेकोमाग्यै गर्नुपर्ने अवस्था छ। खानेपानी गाउँमा समयमै नपुग्नुमा नागरिक एकतासमेत नहुनु उनले अर्थ्याउनुभयो। यी सबै बस्तीमा झण्डै डेढ सय घरधुरीको बसोबास रहेको छ।

बालबालिकाको काँधमा पानीको भार
खानेपानी अभावको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू दिनको ठूलो समय पानी बोकेर बिताउँछन्। कतिपय परिवारमा बिहान र साँझ पानी ल्याउने जिम्मेवारी नै बालबालिकाको काँधमा छ।

पूर्वशिक्षक धामीका अनुसार पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। कतिपय अवस्थामा विद्यार्थीहरू नियमित विद्यालय जानसमेत सक्दैनन्। आवासीय रूपमा विद्यार्थी पढाउ भन्दा बालबालिका पानी बोक्नुपर्छ भन्दै अभिभावक नै लगाउन मान्दैनन्।

‘बालबालिकाको समेत घरमा पानी ल्याउनु पहिलो काम हुने गर्छ’, अर्का स्थानीय तिलकसिंह धामी भन्छन्, ‘पानी नभएपछि खाना पकाउन, पशु चौपाया पाल्न र दैनिक काम चलाउनै सकिँदैन।’ यहाँको समस्या समाधान गर्न सबै निकायले खानेपानी कार्यालयलाई दबाव दिनुपर्छ। गाउँ नजिक भरपर्दो मुहान नहुँदा हिउँदयाममा समस्या अझ विकराल बन्ने गरेको उनले बताए। त्यसबेला स्थानीयले खच्चडमार्फत ड्रममा पानी ढुवानी गर्नुपर्ने बाध्यता छ। वडा सचिव खगेन्द्रसिंह धामीका अनुसार अधिकांश परिवारले पानी सञ्चयका लागि घरघरमा ठूला ड्रम राखेका छन्। ‘हिउँद लागेपछि गाउँमा पानीको काकाकुल अवस्था हुन्छ’, उनले भने, ‘त्यसैले धेरैले पानी भण्डारण गरेर राख्न घरघरमा ड्रम, जरकिन धेरै राख्ने गरेका छन्।’

खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्करसिंह धामीका अनुसार योजना ढिलो हुनुको मुख्य समस्या भनेकै बजेट पनि हो। उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु १५ लाख, २०८०/८१ मा रु २५ लाख र २०८२/८३ मा रु २५ लाख बजेट विनियोजन भएको छ।

चालु आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिराडसम्म ९५ वटा पिलर निर्माणको काम भइरहेको छ। अहिले पनि योजनाको काम चलिरहेको छ। ‘बजेट सानो–सानो आउँदा कामले गति लिन सकेको छैन’, उनले भने, ‘अर्कोतर्फ समयमै मजदुर पाइँदैनन्। पाइएका मजदुर पनि सरकारी ज्यालामा काम गर्न तयार हुँदैनन्। अहिले आफैँ मिस्त्री भएर काम गर्दा थोरै काम गराउन सकिएको छ।’ गाउँमा योजनाको काम गराउनु निकै चुनौतीपूर्ण भएको एकैपटक ठूलो बजेट हालेर योजनासम्पन्न गराउनतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिनुभयो। खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय दार्चुलाबाट सञ्चालन भइरहेको योजनामा बजेट क्रमशः थपिँदै गए पनि आवश्यकताअनुसार रकम नपुग्दा निर्माण कार्य लम्बिएको स्वीकार गरिएको छ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामी खानेपानी योजना सम्पन्न गर्न कार्यालयसँग नियमित बजेटको लागि माग भइरहेको बताउँछन्। ‘हामीले पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छौँ’, अध्यक्ष धामीले भने, ‘नयाँ आर्थिक वर्षमा कति आउँछ आशा गरौँ।’

प्रकाशित: २०८३ जेठ २० गते बुधबार ०५:०२
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

‘महिनौँ बितिसक्यो, ग्यास पाएको छैन’

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना