२०८३ कार्तिक ११ गते मङ्गलबार

पाँचतारे बन्न क्षमता बढाउँदै सब्रिना होटल, ‘ट्राइब’ ब्राण्डमा चल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
sabrina

काठमाडौँ: सब्रिना होटेल लिमिटेडको क्षमता विस्तार भइरहेको छ। पाँचतारे होटलमा अपग्रेड हुन क्षमता विस्तारको काम सुरु भएको हो। निर्माण सकिएपछि होटलको क्षमता १०३ कोठा हुने भएको छ।

पर्यटकीय स्तरको होटल (टुरिस्ट स्ट्यान्डर्ड होटल) ४८ कोठाहरु सञ्चालनमा रहेका छन्। होटल सन् २०१८ मा सुरु भएर २०२० देखि सञ्चालनमा आएको हो।सुविधा सम्पन्न होटेलको रूपमा सञ्चालनमा आउनेछ। होटल तीन रोपनी जग्गामा रहेको छ। होटल बनाउन सब्रिनाले एक अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ।

स्तरोन्नतिपछि होटेलमा तीन वटा रेस्टुरेन्ट रहने भएको छ। रुफटपमा रहने रेस्टुरेन्ट शहरकै सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट मध्येको एक हुने सब्रिना होटलले जनाएको छ। कोठाको औसत आकार नै ३० वर्ग मिटर हुने गरी स्तरोन्नति भइरहेको छ। स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, जिम र क्यासिनोलगायतका आधुनिक सबै सुविधा रहने होटलले जनाएको छ।

प्रिमियम होटल परियोजनाहरूलाई सामान्यतया निर्माणको लागि तीन देखि चार वर्ष लाग्छ। त्यसपछि सञ्चालन स्थिरीकरणका लागि थप दुईदेखि तीन वर्ष लाग्छ।

पाहुनाहरूलाई आकर्षित गर्न, अकुपेन्सी स्तर कायम राख्न, औसत कोठा दरहरू बढाउन र अनुमानित सञ्चालन कार्यसम्पादन प्राप्त गर्न प्रतिष्ठित विश्वव्यापी आतिथ्य ब्रान्डसँगको यसको सम्बन्धलाई लाभान्वित गर्नु क्रेडिट दृष्टिकोणबाट महत्वपूर्ण हुनेछ।

होटल ‘ट्राइब’ ब्राण्डमा चल्ने
साब्रिना होटेल लिमिटेडले काठमाडौँको बुढानीलकण्ठस्थित गणेश चोकमा रहेको छ। होटेल अब ट्राइब ब्रान्डमा चल्ने भएको छ। ट्राइब विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुपको एकोरको ब्राण्ड हो।

साब्रिना होटेल र ट्राइब होटेलबीच दुई साताअघि भारतको राजधानी नयाँ दिल्लीमा व्यवस्थापन सञ्चालन सम्झौता भएको हो। ट्राइब ब्रान्डको दक्षिण एसिया मै पहिलो होटल प्रोपर्टी हुने भएको छ। नेपालमा एकोरकै मरक्यूर ब्राण्ड राजधानीको सुकेधारमा पाँचतारे होटल सञ्चालनमा छ।

सब्रिना होटेलका अध्यक्ष निराजन थापा रहेका छन्। उनले एकोरसँग साझेदारी गरी नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा अत्यन्त खुसी भएको बताएका छन्।

ट्राइब ब्राण्ड यसको आधुनिक डिजाइन, व्यवहारिक सुविधा, सामाजिक स्पेस र सुलभ मूल्यमा गुणस्तरीय अनुभवका लागि विश्वभर चर्चित छ। विश्वभर ट्राइब ब्रान्डका २७ होटेल सञ्चालनमा छन्। ट्राइबको उपस्थिति थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशमा रहेको छ।

४७ करोडको आईपीओ जारी गर्ने
सब्रिना होटेलले निकट भविष्यमा सर्वसाधारणलाई सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आईपीओ ल्याउन होटलले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको जनाएको छ।

आईपीओ जारी गर्न दुई वर्षअघि सब्रिना होटल पब्लिक लिमिटेडमा परिणत भएको हो। हाल होटलको जारी पुँजी एक अर्ब १२ करोडबाट बढाएर १ अर्ब २२ करोड रुपैयाँ कायम गरिएको छ।

जसमध्ये ७४ करोड ९६ लाख संस्थापक समूहको स्वामित्व रहने गरी लगानी संरचना बनाइएको छ। होटलले ४७ करोड रुपैयाँ बराबरको ४७ लाख कित्ता आईपीओ निष्कासन गर्ने तय भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

होटल निरन्तर नोक्सानमा
सब्रिना होटल सञ्चालनमा आएको चार आर्थिक वर्षदेखि निरन्तर नोक्सानमा सञ्चालन भइरहेको छ। होटलले गत वर्ष सात करोड रुपैयाँको व्यवसाय गरेको थियो।

यस्तै २०२४ मा छ करोड ५० लाख र २०२३ मा आठ करोड रुपैयाँको व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

प्रकाशित: २०८३ जेठ २१ गते बिहिबार १२:२२
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना