काठमाडौँ- अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)को आयोजनामा काठमाडौँमा जगन्नाथ रथयात्रा निकालिएको छ। राजधानीको कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै बसन्तपुरसम्म रथयात्रा निकालिएको हो।
हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारतलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। यस वर्ष आयोजित रथयात्रा नेपालको २७औं हो।
भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम् र पूर्वमा जगन्नाथ पुरी पर्छन्।
यी चार धामलाई सत्य, द्वापर, त्रेता र कलियुगका रुपमा समेत हिन्दू धर्मावलम्बीहरुले मान्ने गरेका छन्।














