२०८३ कार्तिक १३ गते बिहिबार

बिमाले तोकेको भन्दा औषधिको मूल्यमा ठूलो अन्तर, किन भयो आठ गुणा फरक?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
medicine

चितवन। ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ। त्यही औषधि भरतपुर अस्पतालले १.१२ रुपैयाँमा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले १.५६ रुपैयाँमा बिक्री मूल्य तोकेको छ। सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला?

भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो। यसरी हेर्दा भरतपुर अस्पतालले खरिद गरेको मूल्य र औषधिको एमआरपी (खुद्रा मूल्य) हेर्दा आठ गुणभन्दा बढी फरक परेको छ।

उक्त औषधि मात्रै होइन, प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य ३५ प्रतिट्याबलेट पर्ने औषधि स्वास्थ्य बिमाले सात रुपैयाँ तोकेको छ।

अस्पतालले बिमाबाहेककालाई ७.१५ रुपैयाँमा कोलेस्ट्रोलका लागि प्रयोग हुने रोजोभास्टिन २० एमजीको खुद्रा मूल्य ३८ रुपैयाँ छ भने स्वास्थ्य बिमाले ३.३८ र भरतपुर अस्पतालले त्यही औषधि १.७२ रुपैयाँमा कलेजोका औषधि युविलिक ३०० एमजी बजार मूल्य ४० रुपैयाँछ भने स्वास्थ्य बिमाले ४.०५ र भरतपुर अस्पतालले ११.२६ रुपैयाँमा बिक्री गर्छ।

दम हुँदा तान्ने सेरिडिल २५० को रोटा क्यापको बजार मूल्य प्रतिबट्टा ६०८ छ भने स्वास्थ्य बिमाको ३२३.४० र भरतपुर अस्पतालको ३७७.९० रुपैयाँ रहेको छ। मधुमेहका बिरामीले खाने इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य रु ३०, स्वास्थ्य बिमाको १०.५० र भरतपुर अस्पतालको १६.९५ रुपैयाँ छ।

अर्का भिटामिन बि १२ का लागि प्रयोग हुने मिथायल कोवालामिन १५०० एमजिीको बजार मूल्य १९.८०, स्वास्थ्य बिमा बोर्डले २.७० र भरतपुर अस्पतालले १०.५३ रुपैयाँमा बिक्री गर्दै आएको छ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्ववन्धु बगाले बिमाको दररेटमा कतिपय औषधि बिक्री गर्न कठिन हुने बताउछन्। बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा जोडेर हुने मूल्य वा बिमाले तोकेको मूल्य जुन सस्तो छ बिमाका बिरामीका लागि सोही आधारमा औषधि बिक्री गर्ने गरेको उनले बताए।

बगालेले आफू आए लगत्तै खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नहुने गरी दररेट निर्धारण गरेको हुँदा कतिपय औषधिमा बिमाले तोकेकोभन्दा सस्तो दररेटमा औषधि बिक्री गर्न कठिन हुने बताए।

नेपाल औषधि उत्पादक संघ (एपोन) का महासचिव सन्तोष बराल बजार मूल्यको आधारभन्दा सस्तोमा औषधि बिक्री गर्दा नोक्सान हुने बताउछन्।

औषधि उत्पादकले थोक बिक्रेतालाई र थोक बिक्रेताले खुद्रा बिक्रेतालाई औषधि बिक्री गर्दछन्। उत्पादक कम्पनीले धेरै मिहिनेत गर्ने हुँदा लागत मूल्य निकै कम हुने औषधिको बजार मूल्य धेरै महँगो हुने गरेको गुनासो आउने गर्दछ। यद्यपी, औषधिको नियम र बजार मूल्य सरकारी निकायबाट तय हुने गर्दछ।

प्रकाशित: २०८३ जेठ २६ गते मङ्गलबार ०४:५१
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना