काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेसमेकर राखिएको छ। ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको परामर्शमा पेसमेकर राखिएको हो।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीमा पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलले जानकारी दिएका छन्।
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत छन्। हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।


