२०८३ कार्तिक १३ गते बिहिबार

हुम्ला–बाजुरा सीमा विवादको असर मुगुसम्म, पर्यटन क्षेत्र प्रभावित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २९
karnali

छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा विवादको अवस्था चर्किँदै जाँदा त्यसको असर मुगुमा परेको छ।

बाजुराको हिमाली युवा क्लबले कर्नाली कोरिडोर अनिश्चितकाका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिका स्थानीयलाई सवारी आवतजावत र पूर्वाधार तथा विकास निर्माणका सामाग्रीहरू ढुवानीमा समस्या साथै रारा र हुम्ला, मुगु घुम्न आउने पर्यटहरुलाई पनि समस्या परेको छ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको प्रहरी चौकी स्थापना गर्ने घटना सम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गते कर्नाली राजमार्ग (कोरिडोर) पूर्ण रूपमा बन्द गरिएको थियो।

वैशाख ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबिच २४ घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो।

तर, सहमति अनुसार मागहरू कार्यान्वयन नभएको र स्थानीय माथि भएका चोरी सिकारी लुटपाट तथा तोडफोड घटनाको निष्पक्ष छानबिन अघि नबढेको आरोप लगाइएको छ। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरेको छ।

विवादका कारण मुगुको सोरु र खत्याड गाउँपालिकाका स्थानीयलाई अन्तर जिल्ला पुग्न सवारी साधन आवतजावतमा समस्या, खाद्यान्न तरकारी सामग्री ढुवानी र मुगुका दुई स्थानीय सरकारका कामकाज विकास, असार महिनाको अन्तिम तिर पूर्वाधारका सामग्री ढुवानी तथा आयत निर्यात गर्न समस्या उत्पन्न भएको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए।

अध्यक्ष शाहीका अनुसार असार मसान्तको समय नजिकिँदै गर्दा आयोजनाका कार्यलाई सम्पन्न गर्न हार्डवेयरका सामानलगायत अन्य क्षेत्रका कोणबाट पनि समस्या भएको अध्यक्ष शाहीको भनाई छ।

कर्नाली कोरिडोर बन्द भएसँगै बाजुरा–हुम्ला मात्रै नभएर मुगुलाई आवतजावतमा प्रभावित भएको छ। आन्दोलनरत पक्षले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई पीडितको न्यायका पक्षमा उभिन आग्रह गरेको छ।

उता बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार प्रहरी चौकी स्थापना गर्न हुम्ला र बाजुराका स्थानीय बिच विवाद उत्पन्न भएको थियो।

विवादकै बिच बाजुराका स्थानीयले कर्नाली कोरिडोर अनिश्चित कालिन बन्द भएको घटनाले नागरिकमा पर्न गएको समस्यालाई मध्यनजर गर्दै अन्य घटनाहरूको कानुनी प्रक्रिया भइरहेको छ भने सडक खुलाउने प्रक्रिया अगाडि बढेको बाजुराका सहायक प्रजिअ पुडासैनीको भनाई छ।

प्रकाशित: २०८३ जेठ २९ गते शुक्रबार १०:२७
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना