एजेन्सी। अमेरिकाका व्यवसायी एलोन मस्क विश्व इतिहासकै पहिलो ‘ट्रिलियनियर’ बनेका छन्। उनको सम्पत्ति बढेर १० खर्ब (१ ट्रिलियन) डलर माथि पुगेको छ।
स्पेस एक्सको सेयर कारोबार सुरु भएपछि उनको सम्पत्ति बढेर विश्वकै पहिलो ट्रिलिनियरमा आफ्नो नाम दर्ज गराएका हुन्।
ब्लूमबर्गका अनुसार हाल लगभग ११ खर्ब १० अर्ब (१.११ ट्रिलियन) डलर अनुमानित कुल सम्पत्तिको साथ मस्क धनी सूचीमा शीर्ष स्थानमा रहेका छन्।
जसमा गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिन, अमेजनका संस्थापक जेफ बेजोस र फ्रान्सेली विलासी सामान समूह एलभीएमएच का प्रमुख बर्नार्ड अर्नाल्ट समावेश छन्।
नास्ड्याक स्टक एक्सचेन्जमा स्पेस एक्सको सेयर कित्ता १५० डलरमा कारोबार भयो। जसले स्पेश एक्सको बजार पुँजीकरण २० खर्ब (२ ट्रिलियन) डलर पुगेको छ। शुक्रबार बिहानसम्म मस्कको सम्पत्ति ११ खर्ब (१.१ ट्रिलियन) पुगेको छ।
बिहीबार साँझ स्पेस एक्सले साधारण सेयर (आईपीओ) को मूल्य प्रतिकित्ता १३५ डलर राख्दा उनको कुल सम्पत्ति एक खर्ब ८८ अर्ब बढेर नौ खर्ब ८२ अर्ब पुगेको थियो।
शुक्रबार नास्ड्याकमा स्पेश एक्सको सेयर प्रतिकित्ता १५० डलरमा कारोबार भएपछि उनको सम्पत्ति १० खर्ब डलर माथि पुगेको हो। स्पेश एक्सको सेयर १६०.९५ डलरमा बन्द भयो। जसले कम्पनीको बजार पूँजीकरण लगभग २२ खर्ब (२.२ ट्रिलियन) डलर पुग्ने देखिएको छ।
स्पेस एक्सका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रमुख प्राविधिक अधिकृतको रूपमा काम गर्ने मस्कसँग रकेटमेकरको ४.८ अर्ब सेयर छ। जसको मूल्य शुक्रबारको बन्दमा सात खर्ब ६७ अर्ब डलर छ।
उनीसँग प्रति सेयर ८.४० को मूल्ययका साथ अर्को ३५ करोड स्टक विकल्प छ। जसको मूल्य ५३ अर्ब डलर छ। जसले उनलाई कम्पनीमा ३८ प्रतिशत हिस्सा दिन्छ।
जसको मूल्य आठ खर्ब २१ अर्ब डलर छ। स्पेस एक्सले बिहीबार आफ्नो आईपीओ मूल्यांकन गर्नुअघि, फोब्र्सले मस्कको अनुमानित ४० प्रतिशत हिस्सेदारी प्रस्तावबाट घटाउनु अघि लगभग पाँच खर्ब डलरमा मूल्यांकन गरेको थियो।
जुन फेब्रुअरीमा मस्कको कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जाल कम्पनी एक्स एआईसँग स्पेस एक्सको मर्जरको १२ खर्ब ५० अर्ब डलरको मूल्यांकन आधारमा गरेको थियो। एक्स एआई मार्च २०२५ मा एक्स (ट्विटर) सँग मर्ज भएको थियो। मस्कले विश्वकै महंगो विद्युतीय गाडी टेस्ला उत्पादन गर्दै आएका छन्।
मस्कले पहिलो पटक सन् २०१२ मा फोब्र्सको वार्षिक विश्वका अर्बपतिहरूको सूचीमा ‘डेब्यू’ गरेका हुन्। त्यसबेला उनको दुई अर्ब डलर सम्पत्ति थियो। उनी विश्वको ६३४ औं धनी व्यक्ति थिए।
त्यहाँबाट जनवरी २०२१ मा आइपुग्दा उनको सम्पत्ति रकेट गतिमा बढेर विश्वको सबैभन्दा धनी व्यक्ति बने। विश्वको सबैभन्दा धनी बन्न मस्कलाई केवल नौ वर्ष मात्र लाग्यो। किनभने विद्युतीय गाडी उत्पादक टेस्ला इंकको सेयरले उनलाई माथि पुर्यो। जसले गर्दा मस्कले अमेरिकाका जेफ बेजोसलाई पछि पार्दै पहिलो स्थान हासिल गरे।
४० वर्षभन्दा बढी समयदेखि फोब्र्स विश्वका धनी व्यक्तिहरूको सम्पत्तिको विश्लेषण गर्दै आएको छ। सन् १९८७ मा पहिलो विश्व अर्बपति सूची सुरु गरेदेखि फोब्र्सले डेटा, अनुसन्धान र संस्थागत विशेषज्ञताको एक अतुलनीय भण्डार निर्माण गरेको छ।
जसले सम्पत्ति मापनको लागि विश्वव्यापी बेन्चमार्क सिर्जना गरेको छ। कठोर रिपोर्टिङ, व्यापक वित्तीय विश्लेषण, र दशकौंदेखि परिष्कृत विश्वसनीय पद्धतिमार्फत फोब्र्सले उद्योग, देश र पुस्ताहरूमा भाग्यको उदय र पतनको इतिहास बनाएको छ।


