२०८३ कार्तिक ११ गते मङ्गलबार

सिंहदरबारभित्र विद्युत ट्रान्सफर्मर विस्फोट हुँदा डाटा सेन्टरको सेवा अवरुद्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ५
data_center1

काठमाडौँ- सरकारको प्रशासनिक निकाय सिंहदरबारभित्र नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर विस्फोट भएको छ। सिंहदबारमा रहेको प्राधिकरणको सवस्टेनसनमा लगातार दुई पटकसम्म विस्फोट भएको आवाज सुनिएको थियो।

ट्रान्सफर्मर विस्फोट हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्र (डाटा सेन्टर)लाई उपलब्ध गराइएको डेडिकेटेड लाइन अवरुद्ध भएको छ। अपराह्न १२:३० बजे डाटा डेडिकेटेट लाइनको ट्रान्सफर विस्फोट भएको थियो।

ट्रान्सफर्मर विस्फोट भएपछि डाटा सेन्टरका कर्मचारीले प्राधिकरणलाई खबर गरेका थिए। त्यसपछि प्राधिकरणका कर्मचारीहरु मर्मतका लागि घटनास्थलमा पुगेका थिए। ५० देखि ६० जना प्राधिकरणका कर्मचारी यसको मर्मतसंभारमा खटिएपनि यसको मर्मत हुन नसकेकाले सेन्टरको काम प्रभावित हुन पुगेको छ।

मर्मतका लागि आवश्यक पर्ने उपकरण नपाइएको प्राधिकरणका कर्मचारीले बताएका छन्। बिहानदेखि नै विद्युत उत्तारचढाव भएपछि सेन्टरले प्राधिकरणलाई खबर गरेको थियो। तर, प्राधिकरणले यसलाई गम्भिरतापूर्वक नलिएपछि डाटा सेन्टरले हाई भोल्टेजको जनेटर मार्फत विद्यूत आपुर्ति गरेर प्रणाली सुचारु गरेको थियो।

विद्युत अवरुद्ध भएको १२ घण्टा पुग्न लाग्दा समेत मर्मत नभएको र डाटा सेन्टरको जनेटरले समेत भार थेग्न नसकेपछि सेन्टरले आफ्नो सेवा अवरुद्ध गरेको छ। सिंहदरबारजस्तो संवेदनशील स्थानमा रहेको सवस्टेसन विस्फोट हुनुले प्राधिकरणले प्रयोग गर्ने उपकरणको गुणस्तरमा प्रश्नचिन्ह खडा सिंहदरबारमा कार्यरत एक कर्मचारीले बताए।

‘सिंहदरबार जस्तो संवेदनशील स्थानमा प्राधिकरणको सबस्टेसनमा रहेको ट्रान्सफर्मर रुग्ण अवस्थामा पुगेको र यसलाई समयमा नै मर्मतसंभार गर्नेतर्फ प्राधिकरणको ध्यान पुगेको देखिएन,’ ती कर्मचारीले भने, ‘प्राधिकरणले ट्रान्सफर्मर मर्मतका लागि चासो नदिँदा आज डाटा सेन्टरको सम्पूर्ण काम प्रभावित भएको छ।’

सेन्टरले १४ सय सरकारी कार्यालयका वेबसाइट होस्ट गर्नुका साथै ३ हजारभन्दा बढी सरकारी कार्यालयका डोमेन सेन्टरले दर्ता गरेको छ।

प्रकाशित: २०८० असार ५ गते मङ्गलबार १०:०६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना