२०८३ कार्तिक १२ गते बुधबार

बजेट घटे पनि शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा छ: शिक्षामन्त्री पोखरेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
photo_059ce96b

काठमाडौँ: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरीएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको १०.२८ प्रतिशत रहेको जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा ०.४७ प्रतिशतले घटे पनि रकमका हिसाबले भने करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ। यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने उनको भनाइ थियो।

‘आर्थिक वर्ष २०८३/८४ को कुल राष्ट्रिय बजेट २१ खर्व २४ अर्व ३४ करोड ४४ लाख मध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्व १८ अर्व ३० करोड ५० लाख विनियोजन गरीएको छ। यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो। यसको हिसाबले यो बजेट चालु आर्थिक वर्षको तुलनामा ०.४७ प्रतिशतले कम हो तर परिणामका हिसाबले चालु आर्थिक वर्षको भन्दा प्रस्तावित बजेट ७ अर्वले बढेको छ। यो बजेटले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको देखिन्छ,’ उनले भने।

मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये ६९.०७ प्रतिशत रकम स्थानीय तहमा वित्तीय हस्तान्तरण गरीएको जानकारी दिए।

विद्यालय शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुने भएकाले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाइएको उनले बताए। त्यस्तै, २.१२ प्रतिशत बजेट प्रदेश तहमा हस्तान्तरण गरीएको छ।

उनले भने, ‘शिक्षा तथा खेलकुद क्षेत्रको बजेटको ठूलो अंश विद्यालय शिक्षामा खर्च हुने र विद्यालय शिक्षाका क्रियाकलापको कायान्वयनको लागि स्थानीय तहबाट हुने भएकोले यस क्षेत्रको कुल बजेट ६९.०७ प्रतिशत स्थानीय तहमा वित्तिय हस्तान्तरण गरीएको छ। त्यसैगरी प्रदेश तहमा २.१२ प्रतिशत वित्तिय हस्तान्तरण गरीएको छ।’

उनले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये १ खर्ब ५० अर्ब ५८ करोड ८९ लाख रुपैयाँ अर्थात् ६८.९८ प्रतिशत रकम तलब तथा पेन्सनमा खर्च हुने बताए।

उपक्षेत्रगत बजेट विनियोजनतर्फ विद्यालय शिक्षामा सबैभन्दा बढी ६९.४९ प्रतिशत बजेट छुट्याइएको छ। त्यसैगरी उच्च शिक्षाका लागि ११.०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि २.५६ प्रतिशत तथा व्यवस्थापनतर्फ १५.१७ प्रतिशत बजेट विनियोजन गरीएको उनले जानकारी दिए।

भौतिक पूर्वाधार विकासका लागि सरकारले विद्यालय भवन निर्माणलाई पनि प्राथमिकतामा राखेको मन्त्री पोखरेलले बताए। उनका अनुसार गोरखा भूकम्पबाट प्रभावित १४ जिल्ला तथा पश्चिम नेपालका बझाङ, जाजरकोट, रुकुम पश्चिम, मनाङ र मुस्ताङ गरी १९ जिल्ला बाहेकका स्थानीय तहका विद्यालयहरूमा विद्यार्थी सङ्ख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाख रुपैयाँसम्म बजेट व्यवस्था गरीएको छ।

‘गोर्खा भुकम्पबाट प्रभावित १४ जिल्ला र पश्चिम भूकम्पबाट प्रभावित बझाङ, जाजरकोट र रुकुम पश्चिम र मनाङ र मुस्ताङ गरी १९ जिल्ला बाहेकका सबै स्थानीय तहका विद्यालय विद्यार्थीसंख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाखसम्म हुनेगरी २ अर्व ३७ करोड २ लाख रकम निर्मित गुरु योजनाको आधारमा स्थानीय तहको साझेदारी विद्यालयको भौतिक निर्माण अनुरुप छुट्टाइएको छ,’ उनले भने।

स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक संरचना निर्माण तथा सुधारका लागि गुरुयोजनाका आधारमा २ अर्ब ३७ करोड २ लाख रुपैयाँ विनियोजन गरीएको मन्त्री पोखरेलले बताए। उनले विद्यालय पूर्वाधार सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकारले आवश्यक स्रोत व्यवस्थापन गरेको समेत उल्लेख गरे।

प्रकाशित: २०८३ असार ४ गते बिहिबार १२:५२
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना