काठमाडौँ: पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका अध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ। सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई सार्वजनिक सवारीमार्फत मंगलबार दिउँसो काठमाडौँ ल्याइएको थियो।
त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो। विभागले बयान लिएर अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग गर्दै अदालतमा उपस्थित गराएको हो।
पौडेललाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष माग गरिएको छ।
अहिले अदालतमा उनको बयान भैरहेको छ। यसपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि अनुसन्धानका लागि थुनामा पठाउने वा थुनाबाहिर राखेर अनुसन्धान गर्ने भन्नेबारे अदालतले आदेश दिनेछ।


