२०८३ कार्तिक १३ गते बिहिबार

अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
akabare

झापा: केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ।

कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले। यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी।

पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ। पहिले बाँझो रहेका खेतबारीहरू अहिले रातो खुर्सानीले रंगिएका छन्। कतिपय ठाउँमा त लहरै रोपिएका बोटहरूले गाउँ नै हरियो टनेलजस्तो देखिन थालेको छ।

परम्परागत खेतीबाट खासै आम्दानी नहुने, मकै–धान जस्ता बाली जंगली जनावरको समस्याले नष्ट हुने अवस्थाबीच किसानहरूले विकल्प खोजिरहेका थिए। त्यही विकल्प बनेको हो—अकबरे खुर्सानी।

यस परिवर्तनको नेतृत्वकर्ता मानिन्छन् जीवन राउत। कोभिडअघि ट्राभल व्यवसायमा सक्रिय राउत महामारीपछि गाउँ फर्किए। गाउँको अवस्था देखेपछि उनले परम्परागत खेतीभन्दा छिटो आम्दानी दिने नगदेबालीको खोजी थाले। गाउँलेसँग छलफलपछि उनले अकबरे खुर्सानीलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि सारे। सुरुवातमा धेरै किसान हिच्किचाए पनि उनले आश्वासन दिए, ‘तपाईँहरू जति उत्पादन गर्न सक्नुहुन्छ गर्नुहोस्, बजारको जिम्मा मेरो हुन्छ।’

त्यही विश्वासले गाउँमा परिवर्तन प्रारम्भ भयो। केही किसानले प्रारम्भ गरेको खेती विस्तारै सामूहिक अभियानजस्तै बन्यो।

किसानहरूका अनुसार अकबरे खुर्सानीले छोटो समयमै आम्दानी दिन थालेको छ। तीन महिनामै बिक्रीयोग्य उत्पादन हुने भएकाले यो खेती गाउँलेको प्रमुख नगदेबाली बनेको छ। पहिले मकै–कोदोले मुस्किलले घर–खर्च धान्ने जमिनबाट अहिले लाखौँ रुपैयाँको उत्पादन हुन थालेको छ। धेरै परिवारले आफ्नै खेतबारीमा अकबरे लगाएर नियमित आम्दानी लिन थालेका छन्।

राउत आफैँ पनि जेबी एग्रो फर्ममार्फत उत्पादन तथा बजारीकरणमा सक्रिय छन्। गाउँलेलाई बीउदेखि बजारसम्म सहयोग गर्ने प्रणालीले खेती विस्तारलाई सहज बनाएको छ।

भोजपुर अकबरेको नयाँ पहिचान

अकबरे खुर्सानी विस्तारसँगै भोजपुरले नयाँ पहिचान बनाउन थालेको छ। पहिलेदेखि खुकुरीको लागि चिनिने जिल्ला अब ‘अकबरे हब’ का रूपमा चिनिन थालेको छ। पौवादुङ्मा गाउँपालिकाका सबै वडामा व्यावसायिक खेती भइरहेको छ भने अरुण तथा भोजपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पनि उत्पादन विस्तार भएको छ। करिब ३ हजार ५ सयभन्दा बढी परिवार कुनै न कुनै रूपमा अकबरे खेतीमा जोडिएका छन्।

कतिपय किसानले १०० रोपनीसम्म जग्गामा व्यावसायिक खेती गरेका छन्। जिल्लाबाट वार्षिक करिब २५० देखि ३०० टन अकबरे उत्पादन हुने अनुमान छ। भोजपुरको अकबरे अहिले देशका ठूला चाउचाउ उद्योगदेखि अचार उद्योगसम्म पुग्ने गरेको छ। वाइवाइ डाइनामाइट, करेन्ट नुडल्स लगायत उद्योगहरूले यसको प्रयोग गर्छन्।

तर उत्पादन बढेसँगै मूल्य घटेको छ। पहिले प्रतिकिलो ४०० रुपैयाँसम्म पुगेको अकबरे अहिले १५० देखि १६० रुपैयाँमा झरेको छ। किसानका लागि आम्दानी स्थिर भए पनि अपेक्षित रूपमा बढ्न सकेको छैन। ढुवानी खर्च, बजार पहुँच र भण्डारणको अभाव अझै ठूलो चुनौती बनेको छ।

गाउँमै उद्योग तथा कोल्ड स्टोरको आवश्यकता

जीवन राउत अब गाउँमै पाउडर उद्योग तथा कोल्ड स्टोर स्थापना गर्ने योजनामा छन्। उनका अनुसार उत्पादन प्रशोधन गर्न सके अकबरेको मूल्य स्थिर राख्न सकिन्छ र विदेश निर्यातसमेत सहज हुन्छ।

‘भदौ–असोजमा उत्पादन हुने खुर्सानी पुस–माघमा बेच्न सके किसानले राम्रो फाइदा लिन सक्छन्,’ उनी भन्छन्। उनको योजना अनुसार पाउडर उद्योग स्थापना भएमा ठूलो परिमाणमा उत्पादन भए पनि बजार अभाव हुने छैन। भोजपुरको अकबरे अघिल्ला वर्षहरूमा बेलायत, अमेरिका तथा क्यानडासम्म समेत निर्यात भएको छ। अहिले भारततर्फ पनि निर्यात प्रारम्भ भएको छ। नेपाली उद्योगहरूले यसको माग बढाउँदै लगेका छन्।

राउतका अनुसार अमेरिकाका केही कम्पनीहरूले समेत अकबरे खरिदका लागि चासो देखाएका छन्। केही उद्योगले त प्याकेजिङ गरेर काँचो खुर्सानी नै विदेश पठाउन थालेका छन्।

अकबरेपछि ड्रागन फ्रुटतर्फ विस्तार

अकबरेको सफलतापछि राउत अब अन्य नगदेबालीतर्फ पनि अघि बढेका छन्। उनले १०० रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट खेती विस्तार गर्ने योजना बनाएका छन्, जसमा करिब २० हजार बिरुवा रोप्ने लक्ष्य छ।

त्यससँगै कागती, अदुवा तथा अन्य नगदेबाली पनि विस्तार गर्ने तयारी भइरहेको छ। पशुपालन तथा मल उत्पादनलाई समेत कृषि प्रणालीसँग जोड्ने उनको योजना छ।

अकबरे खुर्सानीले भोजपुरका गाउँहरूमा आर्थिक परिवर्तन मात्रै ल्याएको छैन, सामाजिक परिवर्तन पनि ल्याइरहेको छ। रित्तिँदै गएका गाउँहरूमा फेरि युवाहरूको चहलपहल बढेको छ, परिवारहरू एकै ठाउँमा बस्न थालेका छन् र बाँझो जमिन फेरि जीवन्त बनेको छ।

विदेशिने बाध्यता र बसाइसराइको दबाबबीच भोजपुरले देखाएको यो कृषि मोडेल अब अन्य जिल्लाका लागि पनि उदाहरण बन्न थालेको छ।

प्रकाशित: २०८३ असार १० गते बुधबार ०१:००
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना