काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग दिवसको मनाउन नेपालबाटै सुरु गरिएको दाबी गरेका छन्। ९औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।
विश्वले ९औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा ओलीले ३५/३६ वर्षअघि नै नेपालले योग दिवस मनाउन थालेको उल्लेख गरे।
‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ गर्यो? अरूले मनाएको थिएन। हामीसँग विद्धान् ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ। त्यो स्मृति छ हामीसँग,’ ओलीले भने, ‘त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ। त्यसैकारण हो।’


