२०८३ कार्तिक १२ गते बुधबार

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १८
whatsapp app

काठमाडौँ: मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी सम्पर्क गर्न सक्ने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीले यसका लागि युजरनेमको अग्रिम रिजर्भेसन प्रक्रिया पनि सुरु गरेको जनाएको छ।

कम्पनीका अनुसार यो सुविधा आगामी केही महिनाभित्र चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध गराइनेछ। हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन्, जुन सुविधा पूर्ण रूपमा लागू भएपछि स्वतः प्रयोगमा आउनेछ।

व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमार्फत यो अपडेट प्रयोगकर्ताको गोपनीयता (प्राइभेसी) थप मजबुत बनाउने उद्देश्यले ल्याइएको जनाएको छ। विशेषगरी अपरिचित व्यक्तिसँगको संवाद, ठूला समूह च्याट तथा व्यवसायसँगको सम्पर्कका क्रममा अब प्रयोगकर्ताको फोन नम्बर देखिने छैन।

कम्पनीले ब्लगमा उल्लेख गरेको छ, “नयाँ व्यक्तिसँग भेट हुँदा आफ्नो फोन नम्बर साझा गर्नु धेरैका लागि सहज नहुन सक्छ। त्यसैले अब केवल कुराकानी गर्न फोन नम्बर अनिवार्य हुने छैन।”

सुरक्षालाई थप मजबुत बनाउन कम्पनीले ‘युजरनेम की’ नामक अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने भएको छ। यसअन्तर्गत कसैलाई सम्पर्क गर्न युजरनेम मात्र पर्याप्त नहुने, थप सुरक्षा कोड पनि आवश्यक पर्नेछ।

त्यस्तै, युजरनेम प्रणालीमा सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव उपलब्ध नहुने भएकाले अनावश्यक सन्देश आउने जोखिम पनि कम हुने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार प्रयोगकर्ताले अधिकतम ३५ अक्षरसम्मको युजरनेम राख्न सक्नेछन्। युजरनेममा अक्षर, अंक, डट (.) र अन्डरस्कोर (_) प्रयोग गर्न सकिनेछ। साथै, प्रयोगकर्ताले आवश्यक परे जुनसुकै बेला आफ्नो युजरनेम परिवर्तन वा हटाउन पनि सक्नेछन्।

व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूले भने मेटाअन्तर्गतका अन्य प्लेटफर्म, जस्तै इन्स्टाग्राम र फेसबुकमा प्रयोग भइरहेको एउटै युजरनेम व्हाट्सएपमा पनि सुरक्षित गर्न सक्ने सुविधा पाउनेछन्।

कम्पनीका अनुसार यो सुविधा चरणबद्ध रूपमा विस्तार गरिनेछ। प्रयोगकर्ताको खातामा उपलब्ध भएपछि इन–एप सूचनामार्फत जानकारी दिइनेछ।एएनआई

प्रकाशित: २०८३ असार १८ गते बिहिबार ११:१२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना