२०८३ कार्तिक १२ गते बुधबार

लगानी बढ्दा सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ महँगियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
d150462e-e359-4d72-9cab-aa99b348e9e2_8e2b5588

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ।

पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँ बढ्दै दुई लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन असार १९ गतेसम्म आइपुग्दा दुई लाख ९० हजार ७०० रुपैयाँ पुगेको हो।

बीचका दिनमा केही गिरावट देखिए पनि साताको अन्त्यतिर लगातार दुई दिन ठूलो दरले मूल्य बढेपछि सुनले पुनः उकालो यात्रा समातेको हो। महासंघका तथ्यांकअनुसार असार १४ गते सुन प्रतितोला चार हजार ७०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो।

त्यसपछि असार १५, १६ र १७ गते लगातार तीन दिन मूल्य घटेर क्रमशः दुई लाख ८२ हजार ४००, दुई लाख ७७ हजार ९०० र दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भयो। तर, असार १८ गते एकैदिन ६ हजार २०० रुपैयाँ र असार १९ गते थप ७ हजार २०० रुपैयाँ मूल्य बढेपछि सुन हालसम्मकै उच्च मूल्य नजिक पुगेको हो।

सुन व्यवसायीहरुका अनुसार पछिल्ला दिनमा विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, विभिन्न क्षेत्रमा चर्किँदै गएको भूराजनीतिक तनाव, सम्भावित युद्धको जोखिम, प्रमुख मुलुकका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाउने प्रवृत्ति तथा अन्तर्राष्ट्रिय बजारमा सुरक्षित सम्पत्तिको माग बढेकाले सुनको मूल्यमा दबाब परेको हो।

अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी ब्याजदरसम्बन्धी अपेक्षाले पनि सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनीहरूको भनाइ छ। नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र आयात लागतका आधारमा निर्धारण हुने भएकाले विश्व बजारमा देखिएको उतारचढावको प्रभाव स्वाभाविक रूपमा नेपाली बजारमा पनि पर्ने गरेको छ।

मूल्य लगातार बढेपछि सर्वसाधारणले गहना खरिद केही समयका लागि स्थगित गर्ने प्रवृत्ति देखिने भए पनि लगानीका रूपमा सुन खरिद गर्नेहरूको चासो भने बढ्ने गरेको व्यवसायीहरू बताउँछन्।

यदि अन्तर्राष्ट्रिय तनाव तत्काल कम नभए र विश्व बजारमा सुरक्षित लगानीको माग उच्च रहिरह्यो भने आगामी दिनमा पनि सुनको मूल्य उच्च स्तरमै रहने वा थप बढ्न सक्ने अनुमान व्यवसायीहरूको छ। तर विश्व राजनीतिक अवस्था र अमेरिकी मौद्रिक नीतिमा आउने परिवर्तनले मूल्यको दिशा परिवर्तन गर्न सक्ने भएकाले बजारमा उतारचढाव भने कायम रहने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ असार २० गते शनिवार ०८:३१
प्रतिक्रिया

थप समाचार

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना