२०८३ कार्तिक १३ गते बिहिबार

मौलाकालिकाको १८८२ खुड्किला: आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’ [फोटोफिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
Maulakali_IMG_6835

बिहानको ठीक साढे ४ बजे। सहर अझै मस्त निद्रामै हुन्छ। तर, गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुञ्जिन सुरु भइसकेको हुन्छ। कुनै समय केवल धार्मिक अनुष्ठान र पूजाआजामा सीमित मौलाकालिकाको यो उकालो, विशेषतः सार्वजनिक बिदाका दिन निकै गुल्जार बन्छ। सहरको कोलाहल र व्यस्त दिनचर्याबाट मानसिक स्फूर्ति चाहनेहरूका लागि यो पहाडी थुम्को ‘सर्ट हाइकिङ’ को रूपमा विकसित भइरहेको छ।

सहरको आधुनिक जीवनशैलीका कारण निम्तने शारीरिक शिथिलता र मानसिक तनाव व्यवस्थापनका लागि धेरैले मौलाकालिकाको यो उकालो चढ्न रुचाउँछन्। भरतपुर र गैँडाकोटको मुख्य सहरदेखि नजिकै रहेको मौलाकालिका आफैँमा धेरैका लागि ‘शनिबारे हाइकिङ स्पट’ बनिरहेको छ।

यस्तै उद्देश्यका साथ शनिबार र अन्य सार्वजनिक बिदाका दिन झिसमिसे बिहानीमा फेदीमा आइपुग्ने नियमित जोडी हो– चितवन मेडिकल कलेजमा कार्यरत डा। शैलेन्द्र राज अधिकारी र डा। ममता तिवारी। केही समययता यो जोडीले मौलाकालिकाको उकालोलाई आफ्नो जीवनशैलीको हिस्सा बनाएको छ।

‘सुरुमा उकालो चढ्न १ घण्टा १० मिनेट लाग्थ्यो, अहिले हामी ५० देखि ५२ मिनेटमा मन्दिर पुग्छौँ,’ डा शैलेन्द्र आफ्नो अनुभव सुनाउँछन्। उनीहरूका लागि यो यात्रा धार्मिक आस्था मात्र होइन, बरु शरीरलाई स्फूर्त राख्ने एउटा माध्यम पनि हो। जाडो होस् वा बर्खा, छाता र रेनकोट ओढेरै भए पनि उनीहरू यो यात्रा छुटाउँदैनन्।

मनोचिकित्सक समेत रहेका डा। शैलेन्द्रका अनुसार, यस्तो हाइकिङले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ, जसले मानिसलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि फिट र फ्रेस राख्छ। डा। ममताका लागि भने यो यात्रा १२–१५ वर्षको ‘सेडेन्टरी’ (हिँडडुल कम हुने) जीवनशैली बदल्ने एउटा अभियान हो। मानसरोवर जाने लक्ष्य राखेका उनीहरूले अभ्यासका लागि यहाँबाट यात्रा सुरु गरेका थिए। अहिले त शनिबार मन्दिर जान पाएन भने उनीहरूलाई थकथकी लाग्छ, किनकि यसले हप्ताभरिको कामको थकान मेटेर नयाँ ऊर्जा दिने उनीहरूको अनुभव छ।

मौलाकालिकाको यो उकालोमा डाक्टर दम्पती मात्र होइन, विभिन्न पेसा र उमेर समूहका व्यक्तिहरू भेटिन्छन्। प्रायः शनिबार यो उकालोमा भेटिने भरतपुर–१२ की सविना ढकालका लागि यो यात्रा लामो र खर्चिलो ट्रेकिङमा जान नपाउँदाको ‘तृष्णा मेट्ने’ एउटा सुन्दर विकल्प हो। त्यस्तै, भरतपुर–७ की रोजिना गुरुङ लामालाई यहाँको घना हरियाली र उकालो चढ्दा बहने चिसो हावाले आकर्षित गर्छ।

व्यवस्थापन र बढ्दो आकर्षण
मन्दिर व्यवस्थापन समितिका अनुसार सामान्य दिनमा भन्दा शनिबार भक्तजन र हाइकरहरूको भीड अझ बढी हुन्छ। व्यवस्थापक मुक्ति भण्डारीका अनुसार शनिबार मात्रै करिब ३ देखि ५ हजार मानिस यहाँ आइपुग्छन्। भक्तजनहरूको सुविधाका लागि अहिले पुराना खुड्किलाहरू मर्मत गर्ने र बाटोलाई अझ सहज बनाउने काम पनि भइरहेको छ। मानिसहरू धार्मिक आस्था मात्र नभएर  नभई ‘मर्निङ वाक’, प्रकृतिसँगको सामीप्य र स्वास्थ्य सचेतनाका कारण यहाँ आउने उनको ठम्याइ छ। अहिले हिँड्न नसक्नेहरूका लागि मन्दिर पुग्न केबलकारको पनि व्यवस्था छ। तापनि, धेरैजसो पदयात्री आफ्नो स्वास्थ्य र शारीरिक स्फूर्तिलाई ध्यानमा राख्दै हिँडेरै यो ठाउँ पुग्न रुचाउँछन्।

मौलाकालिकाको ऐतिहासिक विरासत
यो पदयात्राको अन्तिम विन्दु अर्थात् मौलाकालिका मन्दिरको ऐतिहासिक विरासत उत्तिकै गर्विलो छ। इतिहासकारहरूका अनुसार यो क्षेत्र करिब २०० देखि ३०० वर्ष पुरानो सेन वंशीय राजाको ‘गढी’ (सैन्य चौकी) थियो। पछि, त्यही गढीमा मौलो गाडी पूजाआजा गर्न थालिएपछि यसको नाम ‘मौलाकालिका’ रहन गएको स्थानीय ऐतिहासिक कथन छ।

प्रकाशित: २०८३ असार २१ गते आईतबार ०३:३५
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना