काठमाडौँः साताको चौथो कारोबार दिन बुधबार (आज) सुनको मूल्य घटेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार उक्त सुन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।


