मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएपछि अस्पतालमा आफन्त र पठाओ‌ चालकहरूको भिड लागेको छ। वीर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे छ।