काठमाडौँ- पूर्वबैंकर अनिलकेशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्।
बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन्। शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।
शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर लामो समयसम्म काम गरेका थिए। नबिल बैंक छोडेर उनी केही समय मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत भएका थिए। उनी मेगा बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।
स्टान्डर्ड चार्टर्ड बैंकमा समेत काम गरेका शाहले इसिमोडमा समेत वित्तीय विश्लेषक जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।


