२०८३ कार्तिक १३ गते बिहिबार

बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक ‘सपना सकार हुन्छन्’ बजारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
buddhi_malla

काठमाडौं। बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना सकार हुन्छन्” बजारमा आएको छ। यसअघि “सफलता सम्भव छ” पुस्तक बजारमा ल्याएका लेखक डा. मल्लले अहिले “सपना सकार हुन्छन्” पुस्तक ल्याएका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमबीच भएको बिमोचन कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक बिमोचन कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले अध्यक्षता र नेपाल ब्यवस्थापन संघका अध्यक्ष डा.हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समिक्षा गरेका थिए।

कार्यक्रममा वत्ताहरुले पुस्तकमा सानो सोंच्ने जोखिमबाट बच्छ, ठुलो सोंच्ने ईतिहांस रच्छ, संधैभरी विद्यार्थी, प्रतिकूलता परीक्षा हो, आँशु पुछ्ने हात नै महान् हुन्छन्, कोमल ओठबाट वाणजस्तो शब्द ननिकाल्नु, सफल दाम्पत्यको लागि मनको कुरा बुझ्नुपर्छ, नेतृत्वका प्रकार: असल, खराब र कुरुप, अवसरलाई नचिन्ने संधै बन्छ खिन्न, समस्या समाधानमा फाईभ ह्वाई सिद्धान्त जस्ता विभिन्न शीर्षकहरुमा ४९ वटा लेखहरु संग्लग्न गर्नुका साथै लेखकको अघिल्लो पुस्तक “सफलता सम्भव छ” मा समावेश गरिएका लेखकहरुको सारंशसमेत समावेश गरिएकोले पुस्तक सबै वर्गहरुको लागि उपयोगी भएको बताउनुभएको थियो।

पूर्वसञ्चारकर्मी तथा बैंकर कल्पना मल्ले सञ्चालन गरेको कार्यक्रममा पुस्तक नेपालभर विभिन्न पुस्तक पसलमा उपलब्ध हुनुको साथै दराज, पुस्तक घर अनलाईनबाट समेत मगाउन सकिनुका साथै शिखा बुक्सको फोन नम्बरमा सम्पर्क गरेर पनि मगाउन सकिने जानकारी दिईएको थियो।

पुस्तकले मानिसहरुमा केहि हदसम्म नकरात्मक हटाउन र आशा बढाउन, म सक्दिन कि भनेर अन्यौलमा रुमलिइरहेकाहरुमा म गर्न सक्छु भन्ने भावना जागृत गराउन सहयोगी बन्न सक्ने लेखक डा. मल्लले बिश्वास लिएका छन्।

प्रकाशित: २०८३ साउन ४ गते सोमबार १०:५४
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना