काठमाडौं। पश्चिम एसिया (खाडी) मा अमेरिका र इरानबीच बढ्दो द्धन्द्धले गर्दा कच्चा तेलको भाउ पुनः बढेको छ। बिहीबार कच्चा तेलको भाउ बढेर ब्यारेलको १०० डलर कटेको छ।
यमनमा रहेका इरानका हुथी विद्रोहीहरुले लाल सागरमा दुई साउदी ट्यांकरहरूलाई प्रहार गरे गरेपछि बढ्दो द्वन्द्वले ढुवानी मार्गमा अवरोध बढेको छ। जलमार्ग बन्द भएपछि गत मे महिनापछि पहिलो पटक बिहीबार कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर माथि पुगेको हो।
मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी
अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ १००.६ डलर पुगेको छ। यस्तै मुरवान क्रुडमा ब्यारेलको १०५ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुडमा ९१.७३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।
यस हप्ता साउदी जहाजहरूमा नाकाबन्दीको घोषणा गरेपछि हुथीहरूको आक्रमण पहिलो थियो।
होर्मुजपछि बाब–अल–मन्देब जलमार्गमा अवरोध, तेल भाउ ब्यारेलको १०० डलर नजिक
विश्लेषकका अनुसार अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य तनाव तथा होर्मुज र बाब अल–मान्देब जलसन्धि हुँदै हुने तेल ढुवानीमा बढेको जोखिमले बजारमा आपूर्ति अवरोधको आशंका बढाएको छ।
बढ्दो भू–राजनीतिक जोखिमसँगै तत्कालीन आपूर्तिमा देखिएको कमी र कच्चा तेलको अल्पकालीन मागमा भएको वृद्धिले पनि भाउ बढाएको बताइएको छ।


